ईशिका पटेललाई माउन्ट मकालु स्कुलले ५० प्रतिशत छात्रवृद्धि प्रदान गरेको छ विद्यालयले यस्ता उत्कृष्ट अङ्क ल्याउने हरेक क्षेत्रका विद्यार्थीहरूलाई छात्रवृत्तिँ मार्फत प्रोत्साहन गर्ने प्रावधान गर्दै आइरहेको प्रिन्सिपल राहुल श्रीवास्तवले बताएका छन्।
बीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोक बाटिकामा रहेको माउन्ट मकालु इङ्ग्लिस बोर्डिङ स्कुलले आफ्ना छात्रा ईशिका पटेल (कक्षा १०)का विद्यार्थीलाई उत्कृष्ट खेल खेलेकोमा विद्यालयले आज एक समारोहको बीच सम्मान गरेको छ। विद्यालयका प्रिन्सिपल राहुल श्रीवास्तवले उनलाई प्रशंसा–पत्र प्रदान गर्दै सम्मान गर्ने क्रममा ईशिका पटेलले विद्यालयको नामलाई उचाइमा पुर्याउन सफल भएकोमा धन्यवाद एवं बधाई समेत दिएका थिए ।
ईशिका पटेल पार्सा महिला क्रिकेट टोलीमा छनोट हुनुका साथै प्रथम मधेश प्रदेश महिला क्रिकेट प्रतियोगितामा टोलीलाई विजेता बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। विद्यालय प्रशासनले उनको मेहनत, अनुशासन र खेलप्रतिको समर्पणको उच्च प्रशंसा गर्दै यस उपलब्धिले विद्यालय तथा समुदायको गौरव बढाएको जनाएको छ। उनले भने यस विद्यालयले गुणस्तरीय शिक्षा सँगसँगै अतिरिक्त खेलकुद क्षेत्रमा समेत अहिले निकै उपलब्धि हासिल गर्दै आइरहेको बताए
उनको उत्कृष्ट प्रदर्शनको कदर गर्दै विद्यालयले शैक्षिक सत्र २०८३ का लागि ५० प्रतिशत छात्रवृत्तिँ प्रदान गर्ने घोषणा गरेको छ। साथै, विद्यालयले ईशिकाको सफलता अन्य विद्यार्थीहरूका लागि प्रेरणाको स्रोत भएको उल्लेख गरेको छ।
विद्यालय परिवारले उनको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनहरूमा अझ उपलब्धिहरू हासिल गर्न principal श्रीवास्तवले शुभकामना दिएका छन् कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल तथा विद्यार्थी एवं शिक्षक शिक्षिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



COMMENTS