लायन्स क्लब अफ सेन्ट्रलसिटी द्वारा मानसिक स्वास्थ्य तथा ‘गुड टच–ब्याड टच’ सम्बन्धी जनचेतनामुलक कार्यक्रम आज नदिप स्कुलको प्राङ्गणमा सम्पन्न भएको छबालबालिकामा मानसिक स्वास्थ्यप्रति सकारात्मक सोच, आत्मविश्वास तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित “Comprehensive Sessions on Mental Health Awareness Program” वीरगञ्ज महानगरपालिका–बिश्वास्थित नवदीप एकेडेमी विद्यालयमा सम्पन्न भएको छ।लायन्स क्लब अफ सेन्ट्रलसिटी र सानो पाइला संस्थाको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नवदीप एकेडेमीको विशेष सहयोग रहेको थियो। कार्यक्रममा विद्यालयका कक्षा ३ र ४ मा अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ
कार्यक्रममा बालबालिकालाई मानसिक स्वास्थ्यका साथै ‘गुड टच’ र ‘ब्याड टच’ सम्बन्धी महत्वपूर्ण जानकारी दिइएको थियो। प्रशिक्षकहरूले बालबालिकालाई सुरक्षित र असुरक्षित व्यवहारबारे सहज र खुला रूपमा बुझाउँदै कुनै पनि असहज अवस्था आए तत्काल अभिभावक, शिक्षक वा विश्वासिला व्यक्तिलाई जानकारी गराउनुपर्ने सन्देश दिएका थिए। विद्यार्थीहरूले समेत खुलेर आफ्ना जिज्ञासा राखेका थिए
कार्यक्रममा प्रमुख अतिथिका रूपमा डिजी लायन राम बिहारी पाण्डेको उपस्थिति रहेको थियो भने लायन सुनिल कुमार गुप्ता, गुडी जोशी, दिगम्बर गुप्तालगायत समाजसेवी तथा लायन्सकर्मीहरूको सहभागिता रहेको थियो
कार्यक्रमका अवसरमा लायन्स क्लब अफ सेन्ट्रलसिटीकी अध्यक्ष लायन सुशिला साहले प्रमुख अतिथि डिजी लायन राम बिहारी पाण्डेलाई फुलमाला, खादा, सम्मानपत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरेकी थिइन्।
मानसिक स्वास्थ्यसम्बन्धी प्रशिक्षण सानो पाइला संस्थाका राज कुमार तामाङ, काजल झा तथा रेखा कुर्मीले दिएका थिए। प्रशिक्षणका क्रममा बालबालिकालाई मानसिक स्वास्थ्यको महत्व, सकारात्मक सोच, आत्मसम्मान, भावनात्मक सन्तुलन तथा दैनिक जीवनमा अपनाउनुपर्ने व्यवहारिक पक्षबारे जानकारी गराइएको थियो।
कार्यक्रममा प्रमुख अतिथि डिजी लायन राम बिहारी पाण्डेले बालबालिकाको मानसिक स्वास्थ्य र सुरक्षा समाजको महत्वपूर्ण विषय भएको र विद्यालयस्तरबाटै यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन हुनु धेरै सकारात्मक भएको बताएका छन् । उनले बालबालिकालाई आत्मविश्वासी, सचेत र सुरक्षित बनाउन अभिभावक, विद्यालय र समाज सबैको साझा जिम्मेवारी रहेको धारणा राखे।
कार्यक्रममा मानसिक स्वास्थ्यलाई समाजमा अझै पनि खुला रूपमा छलफल गर्न अति आवश्यक रहेको धारणा राख्दै विद्यालय स्तरमा यसरी बालबालिकाहरुलाई मानसिक रूपमा स्वस्थ, आत्मबलयुक्त र जिम्मेवार नागरिक बनाउने लक्ष्यका साथ यस्ता कार्यक्रम प्रभावकारी हुने उनीहरूको भनाइ थियो।
लायन्स क्लब अफ सेन्ट्रलसिटीकी अध्यक्ष लायन सुशिला साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले यस्ता विद्यार्थीहरूको लागि बेलाबखतमा कार्यक्रम आयोजना गर्न अति आवश्यक रहेको बताएकी थिइन्। विद्यार्थीहरूमा मानसिक तनावलाई कम गर्न यस्ता कार्यक्रमहरू धेरै महत्वपूर्ण हुने भएकोले नवद्वीप एकेडेमी का बालबालिकाहरूको लागि यो सचेतनामूलक कार्यक्रमले बालबालिकाको सँगसँगै अभिभावकहरूमा पनि सकारात्मक सन्देश जाने भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताएकी हुन् कार्यक्रमको सहजीकरण क्लबकी सचिव लायन कविता खड्काले गरेकी थिइन्।








COMMENTS