$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

ज्ञानदा भिजनरीज युनाइटेडको नयाँ कार्यसमिति घोषणा तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न

 ज्ञानदा भिजनरीज युनाइटेडको नयाँ कार्यसमिति घोषणा तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न वीरगञ्ज, जेठ १७ — ज्ञानदा एकेडेमीसँग आबद्ध सामाजिक संस्था ...




 ज्ञानदा भिजनरीज युनाइटेडको नयाँ कार्यसमिति घोषणा तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न

वीरगञ्ज, जेठ १७ — ज्ञानदा एकेडेमीसँग आबद्ध सामाजिक संस्था ज्ञानदा भिजनरीज युनाइटेड को नयाँ कार्यसमिति गठन तथा शपथ ग्रहण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, अभिभावक, विद्यार्थी तथा क्लबका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन सञ्चालकद्वारा गरिएको थियो भने अतिथिहरूको स्वागत तथा राष्ट्रिय गानपछि दीप प्रज्वलन गरिएको थियो। क्लब सदस्य प्रार्थना अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने स्वाति सिन्हा र दर्श दत्तले स्वागत गीत प्रस्तुत गरेका थिए।


कार्यक्रममा मिस सुजाताले उपस्थित सबैलाई सम्बोधन गर्दै युवा नेतृत्व, सामाजिक उत्तरदायित्व तथा संस्थागत विकासका विषयमा प्रकाश पारेकी थिइन्। त्यसपछि कार्यक्रम सञ्चालकहरूले क्लबको उद्देश्य, विगतका उपलब्धि तथा भावी योजनाबारे जानकारी गराएका थिए।

तत्कालीन पूर्व अध्यक्षले आफ्नो कार्यकालका अनुभव तथा सम्पन्न भएका गतिविधिहरूको प्रस्तुति दिएका थिए। सो अवसरमा नयाँ कार्यसमिति सदस्यहरूको औपचारिक घोषणा गरिनुका साथै नयाँ अध्यक्ष र बोर्ड सदस्यहरूलाई नियुक्तिपत्र तथा ब्याज प्रदान गरिएको थियो।कार्यक्रमको मुख्य आकर्षणका रूपमा अध्यक्ष तथा बोर्ड अफ डाइरेक्टर्स (BOD) सदस्यहरूको शपथ ग्रहण सम्पन्न गरिएको थियो। वर्तमान अध्यक्ष श्री विनित लोहियाका अभिभावकले नेतृत्व विकास र सामाजिक सेवामा युवाहरूको भूमिकाबारे मन्तव्य व्यक्त गरेका थिए।


अध्यक्षले आफ्नो सम्बोधनमा आगामी दिनमा विभिन्न सामाजिक, शैक्षिक तथा नेतृत्व विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यसक्रममा आगामी परियोजना तथा योजनाहरूको प्रस्तुति समेत गरिएको थियो।सम्मानित अतिथि श्री आशिष लाठ, चार्टर्ड अध्यक्ष श्री अभिषेक चौधरीका अभिभावक तथा एनभीइएफका उपाध्यक्ष विश्वास शाहको प्रमुख अतिथिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।  प्रमुख अतिथि शाहले  संस्थाको प्रगतिका लागि शुभकामना व्यक्त गर्दै युवा पुस्तालाई सकारात्मक परिवर्तनका लागि अग्रसर हुन आग्रह गरेका थिए।कार्यक्रमको अन्त्यमा अध्यक्षले अतिथिहरूलाई मायाको चिनो प्रदान गरेका थिए भने आगामी उपाध्यक्षले धन्यवाद ज्ञापन गरेका थिए।  कार्यक्रम सञ्चालकद्वारा समापन मन्तव्यसहित कार्यक्रम सम्पन्न भएको थियो।


कार्यक्रमले युवा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवामा नयाँ ऊर्जा थप्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्। कार्यक्रममा ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत सीइओ राजेन्द्र कोइरालाले सबैलाई शुभकामना दिँदै आफ्नो कार्यकाल सफल होस् र युवाहरूले आफ्नो जिम्मेवारी बहन पूरा गर्न कुनै पनि असर बाँकी नराख्न सुझाव दिनुभएको थियो। उहाँले अबको पुस्ता युवाले केही गर्नुपर्छ समाज र राष्ट्र परिवर्तन गर्नमा महत्वपूर्ण भूमिका खेल्न अग्रसर हुन जरुरी रहेको उक्त कार्यक्रममा सिइओ कोइरालाले बताउनुभएको छ  कार्यक्रममा विनिता कोहिया श्रीमती श्रेता कोहिया सोहेम पोदार क्लबका संस्थापक अध्यक्ष युवराज चौधरी क्लबका सल्लाहकार श्रुति सुजाता शर्मा  रोग्मेन अलिएन तथा सञ्चारकर्मी एवं विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।










COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content