महिला क्रिकेट लिग विजेता टोलीलाई गौतम स्कुलले सम्मान सम्मान गर्यो महिला खेलाडीहरूलाई हरेक विद्यालयले सम्मान गर्न आवश्यक अध्यक्ष सिंहको भनाइ
वीरगञ्ज । मधेश प्रदेश क्रिकेट संघद्वारा आयोजित ‘सहिद कप मधेश महिला क्रिकेट लिग २०८३ ’ का विजेता खेलाडी विद्यार्थीहरुलाई बुधबार गौतम स्कुलले विद्यालयकै प्राङ्गणमा सम्मान गरेको छ र्गौतम माध्यमिक विद्यालयका प्रिन्सिपल गणेश क्षेत्रीको अध्यक्षता तथा पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहको प्रमुख आतिथ्यमा उक्त विद्यार्थीहरू एवं खेलाडीहरूलाई विशेष समारोह बीच सम्मानित गरिएको हो सम्मानित कार्यक्रममा बोल्दै प्रमुख अतिथि पर्सा क्रिकेट सङ्घका अध्यक्ष सिंहले महिला क्रिकेट खेलाडीहरूलाई हरेक विद्यालयले प्रोत्साहन स्वरूप छात्रवृति प्रदान गर्न अति आवश्यक रहेको भन्दै यसो गर्नाले खेलाडीहरूमा शिक्षा संघसँगै अतिरिक्त क्रियाकलापमा प्रोत्साहन गर्न मिल्ने बताए जसरी आज गौतम स्कुलले एउटा उदाहरण पर्सा जिल्लामा नमुना काम गरिरहेको प्रशंसा गर्दै यसरी नै हरेक विद्यालयले यस्ता खेलाडीहरूलाई सम्मान गर्ने हो भने मधेस प्रदेशमा पर्सा जिल्लाले उत्कृष्ट क्रिकेटमा प्रदर्शन गर्दै विद्यालय सँगसँगै पर्सा जिल्लाको नामलाई उचाइमा पुर्याउन सफल हुनेमा कुनै दुई मत नरहने बताएका छन्
गौतम स्कुलका डाइरेक्टर सोनम लामाले उक्त सम्मान कार्यक्रममा आफ्नो विद्यालयले हरेक वर्ष आफ्ना विद्यार्थीहरूलाई खेलकुद क्षेत्रमा उत्कृष्ट गर्ने खेलाडी छात्रहरू तथा अतिरिक्त क्रियाकलापमा समेत अब्बल प्रदर्शन गर्ने एवं शिक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई समेत छात्रवृति सँगसँगै अन्य सहुलियतहरु समेत उपलब्ध गराउँदै आइरहेको बताएका हुन् उनले भने हामीले विद्यार्थीहरूको हक हित सँगसँगै विपन्न एवं आर्थिक अवस्था कमजोर भएका अभिभावकहरूका नानीहरूलाई आर्थिक सहुलियत उपलब्ध गराएर समाजमा आफ्नो उत्तरदायित्व बहन गर्ने काममा कुनै किसिमको कन्चुसाई नगर्ने डाइरेक्टर लामाले उक्त सम्मान कार्यक्रममा बताएका थिए उनले भने विद्यालयले खेलाडीहरुको उत्कृष्ट प्रदर्शन, समर्पण तथा खेलभावनाको कदर गर्दै उनीहरुलाई सम्मानित गरिएको गौतम स्कुलका डाइरेक्टर लामाको भनाइ रहेको छ
। विद्यालयले खेलकुद क्षेत्रमा महिला खेलाडीहरुले हासिल गरेको उपलब्धिले विद्यार्थीहरु तथा युवापुस्ताहरुलाई थप प्रेरणा प्रदान गर्ने विश्वास आफूले लिएको बताएका छन् खेलाडीहरुको मेहनत र सफलतालाई सम्मान गर्दै खेलकुदप्रति सकारात्मक वातावरण निर्माण गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको लामाले बताए कार्यक्रममा विजेता खेलाडीहरुलाई सम्मान गर्नुका साथै उनीहरुको अनुभव र सफलताको बारेमा चर्चा समेत गरिएको थियो।








COMMENTS