$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

नारायणी अस्पतालको विषय लिएर अहिले चर्चाको विषय बन्दै

वीरगंज । मधेस प्रदेशको एकमात्र  नारायणी अ  स्पतालको विषय लिएर अहिले वीरगंजमा नारायणी अस्पतालको विषय लिएर ठूलो चर्चा बन्दै गरेको छ।  सङ्घीय...


वीरगंज । मधेस प्रदेशको एकमात्र  नारायणी अस्पतालको विषय लिएर अहिले वीरगंजमा नारायणी अस्पतालको विषय लिएर ठूलो चर्चा बन्दै गरेको छ। सङ्घीय सरकारले संरचना पुनर्संरचना तथा खर्च कटौतीको नीतिअन्तर्गत वीरगंजस्थित नारायणी अस्पताललाई मधेस प्रदेश सरकार मातहतमा हस्तान्तरण गर्ने तयारी गरेको भन्ने चर्चा सार्वजनिक भएपछि यस विषयमा बहस तीव्र बनेको छ । चिकित्सक, कर्मचारी, राजनीतिक दलका नेता तथा नागरिक समाजका प्रतिनिधिहरूले निर्णयप्रति चिन्ता व्यक्त गरेका छन् भने केही जनप्रतिनिधिले भने हस्तान्तरणसम्बन्धी कुनै आधिकारिक निर्णय नभएको स्पष्ट पारेका छन् ।

मन्त्रिपरिषद्को ३० वैशाखको बैठकले अनुत्पादक, दोहोरो कार्यक्षेत्र भएका तथा वित्तीय भार बढाउने संरचनाहरूलाई खारेज, एकीकरण, पुनर्संरचना वा प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने नीति अनुसार संघ सरकार मातहत रहेकाे वीरगंजकाे नारायणी अस्पताललाई पनि प्रदेश मातहत हस्तारण गर्ने निर्णय भएकाे सार्वजनिक भएकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सम्बन्धित मन्त्रालयलाई आवश्यक प्रशासनिक तथा कानुनी प्रक्रिया पूरा गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको बताइएको छ ।


यसैबीच नारायणी अस्पतालका चिकित्सक डा. नीरज सिंहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै नारायणी अस्पताल मधेस प्रदेशको गौरव, इतिहास र जनविश्वाससँग जोडिएको संस्था भएको उल्लेख गरेका छन् । उनले अस्पताललाई केन्द्रीय अस्पतालकै रूपमा कायम राख्नुपर्ने धारणा व्यक्त गर्दै निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् ।

“नारायणी अस्पताल सम्पूर्ण मधेसका जनताको आशा र भरोसाको केन्द्र हो,” उनले लेखेका छन्, “मधेसका नागरिकले गुणस्तरीय र केन्द्रीय स्तरको स्वास्थ्य सेवा पाउने अधिकार राख्छन् ।”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता निखिल बर्णवालले पनि अस्पताललाई प्रदेश सरकार मातहतमा लैजाने निर्णय भए त्यो दुर्भाग्यपूर्ण हुने बताएका छन् । उनले नारायणी अस्पताल मधेस प्रदेशको एक मात्र केन्द्रीय अस्पताल भएकाले यसको स्तरोन्नति र व्यवस्थापन संघीय सरकारबाटै हुनुपर्ने धारणा राखेका छन् ।

नारायणी अस्पतालमा कार्यरत कर्मचारी सुनिल रौनियारले पनि अस्पताललाई संघीय संरचनाबाट हटाएर प्रादेशिक अस्पताल बनाउने तयारीको चर्चा प्रति आपत्ति जनाएका छन् । उनले यो निर्णय लाखौं नागरिकको स्वास्थ्य सेवा, भरोसा र भविष्यसँग जोडिएको संवेदनशील विषय भएको बताएका छन् ।

“नारायणी अस्पताल पर्सा, बारा, रौतहट लगायत जिल्लाका नागरिकको उपचारको मुख्य आधार हो,” उनले भने, “संघीय सरकारले आफ्नो जिम्मेवारीबाट पछि हट्न खोजेको संकेत जस्तो देखिन्छ ।”

उनले मधेस प्रदेशबाट ठूलो संख्यामा संघीय सांसद निर्वाचित भएर गए पनि प्रदेशकै महत्वपूर्ण अस्पतालको स्तर घटाउने प्रयास भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । साथै उनले सम्पूर्ण जनप्रतिनिधिलाई स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरेका छन् ।

यसैबीच जेनजी अगुवा अर्जुन साहले अस्पताल हस्तान्तरणसम्बन्धी भ्रमपूर्ण समाचार फैलिएको भन्दै आधिकारिक स्रोतबाट जारी हुने सूचनालाई मात्र विश्वास गर्न आग्रह गरेका छन् । सरकारकाे नेतृत्व गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीसंग समेत आवद्ध रहेका उनले प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको सचिवालयसँग टेलिफोन संवाद भएको जानकारी दिँदै हालसम्म अस्पताल हस्तान्तरण गर्ने निर्णय नभएको र अध्ययन गर्न मात्र निर्देशन दिइएको दाबी गरेका छन् ।

उता पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य (सांसद) शुसिल कुमार कानुले पनि नारायणी अस्पताललाई मधेस प्रदेश सरकारलाई हस्तान्तरण गर्ने कुनै निर्णय नभएको स्पष्ट पारेका छन् । उनले स्वास्थ्य मन्त्रीसँग यस विषयमा छलफल भएको जानकारी दिँदै अस्पतालको सञ्चालन तथा व्यवस्थापन संघीय सरकारले नै गर्दै जाने बताएका छन् ।

नारायणी अस्पताल वीरगंजसहित  बारा, पर्सा रौतहट, सर्लाही लगायत छिमेकी भारतको रक्सौल बाटा समेत उपचार गर्न आउने गरेका छन् अस्पताललाई कसरी अगाडि बढाउने भन्ने विषयमा यहाँका सरोकारवालाहरू एवं जनप्रतिनिधिहरूले  यस विषयमा समयमा ध्यान दिन जरुरी रहेको छ मधेस प्रदेशको एकमात्र नारायणी अस्पताल यसलाई कसरी स्तर उन्नति गर्नुपर्छ भन्ने विषयमा सबैको चासो हुन जरुरी रहेको नारायणी अस्पतालका सूचना अधिकारी उदय नारायण सिंह बताउँछन् उनले बताएअनुसार मधेस प्रदेशको एकमात्र पुरानो नारायणी अस्पताल हाम्रो लागि एउटा दरोहर रहेकाले हामीले पटकपटक सुधारको माग गर्दै एवं चिकित्सकहरू उपलब्ध गराउनुको साथै अस्पताललाई स्तर उन्नति गराउन नेपालमै पहिलोपटक चिकित्सकहरूद्वारा विभिन्न मितिमा आन्दोलन गरेको डाक्टर सिंहले स्मरण गराएका छन्। 

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content