$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

३ अर्ब ६५ करोड बिगो दाबी सहित पूर्वमन्त्री, ४ पूर्वसचिव, १ सचिव र २ पूर्वमहानिर्देशकविरुद्ध एकैसाथ भ्रष्टाचार मुद्दा दायर पोखरा विमानस्थलमा भ्रष्टाचार

 ३ अर्ब  ६५ करोड बिगो दाबी सहित पूर्वमन्त्री, ४ पूर्वसचिव, १ सचिव र २ पूर्वमहानिर्देशकविरुद्ध एकैसाथ भ्रष्टाचार मुद्दा दायर भएको छ  पोखरा वि...



 ३ अर्ब  ६५ करोड बिगो दाबी सहित पूर्वमन्त्री, ४ पूर्वसचिव, १ सचिव र २ पूर्वमहानिर्देशकविरुद्ध एकैसाथ भ्रष्टाचार मुद्दा दायर भएको छ 

पोखरा विमानस्थलमा अर्को भ्रष्टाचार : ३ अर्ब ६५ करोड बिगो दाबी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कर छुट दिएर राज्यलाई अर्बौं रुपैयाँ नोक्सानी पुर्‍याएको आरोपमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जना र चिनियाँ निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । पूर्वअर्थमन्त्री, ४ पूर्वसचिव, १ सचिव र २ पूर्वमहानिर्देशकविरुद्ध एकैसाथ भ्रष्टाचार मुद्दा दायर भएको हो ।


पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेक्का सम्झौताविपरीत चिनियाँ कम्पनीलाई कर, महसुल तथा अन्य शुल्क छुट दिई आर्थिक अनियमितता गरेको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री, बहालवाला तथा अवकाशप्राप्त उच्च कर्मचारी र ठेकेदार कम्पनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।


नेपाल सरकारलाई प्राप्त भएको ऋण स्वरूपको सार्वजनिक सम्पत्तिबाट रू. ३,६२,०५,२२,१६० (तीन अर्ब बैसठ्ठी करोड पाँच लाख बाइस हजार एक सय साठी) हिनामिना र दुरुपयोग भएको ठहर गर्दै आयोगले आज आरोपपत्र दायर गरेको हो ।


अख्तियारका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण र निर्माण कम्पनी चिनियाँ कम्पनी सीएएमसी बीच भएको ‘कमर्सियल कन्ट्र्याक्ट एग्रिमेन्ट’मा कर तथा शुल्क ठेकेदार कम्पनीले नै तिर्नुपर्ने व्यवस्था थियो । तर त्यसविपरीत ‘इम्प्लिमेन्टेसन एग्रिमेन्ट’ तयार गरी कम्पनीलाई कर छुट दिने व्यवस्था गरिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।


तत्कालीन अर्थमन्त्री कार्कीसहित अर्थसचिव शंकर प्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, तत्कालीन सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्वसचिव (तत्कालीन सहसचिव) केवल भण्डारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जिव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी, इन्जिनियर योगेश अर्याल विरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । उनीहरु मध्ये अधिकारी, न्यौपाने, आचार्य, घिमिरे र भण्डारी पूर्व सचिव हुन् । घिमिरे वाहालवाला सचिव हुन् ।


त्यसैगरी राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक प्रदीप अधिकारी, पर्यटन मन्त्रालयका तत्कालीन इलेक्ट्रोनिक्स इन्जिनियर योगेश अर्याल, अर्थ मन्त्रालयका तत्कालीन उपसचिव गुरुराज पाण्डे र शाखा अधिकृत उर्मिला भण्डारीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।


अख्तियारले चिनियाँ कम्पनी सीएएमसी, उसका अध्यक्ष वाङ बो र प्रोजेक्ट म्यानेजर याङ झिगाङलाई समेत प्रतिवादी बनाएको छ । आयोगले उनीहरूलाई भ्रष्टाचार निवारण ऐनअनुसार बिगो, जरिवाना र कैद सजायको मागदाबी गरेको जनाएको छ । अख्तियारले गत २१ मंसिरमा पाँच जना मन्त्रीसहितलाई विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । त्यसपछि ८ चैतमा पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको थियो । आज दायर भएको यो मुद्दा तेस्रो हो ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content