$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

बिहानी कृषि सहकारी संस्थाको टोली यस सहकारी संस्थाबाट भ्रमणको टोलीले धेरै उपलब्धि हासिल गरेको अध्यक्ष आचार्यको भनाइ

बीरगंज महानगरपालिका वडा नम्बर १० अशोक बाटिकामा रहेको गृहलक्ष्मी बचत तथा ऋण सहकारी लिमिटेड सभा हलमा सोमबार कपिलवस्तुबाट श्री बिहानी कृषि सहका...




बीरगंज महानगरपालिका वडा नम्बर १० अशोक बाटिकामा रहेको गृहलक्ष्मी बचत तथा ऋण सहकारी लिमिटेड सभा हलमा सोमबार कपिलवस्तुबाट श्री बिहानी कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष लक्ष्मण आचार्यको नेतृत्वमा अवलोकन तथा भ्रमण भेटघाट एवं छलफल कार्यक्रम सम्पन्न भएको छ  गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यकारी अधिकृत रविभूषण श्रीवास्तवको अध्यक्षता तथा श्री बिहानी कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष लक्ष्मण आचार्यको प्रमुख आतिथ्यमा सो अवलोकन भ्रमण तथा भेटघाट छलफल कार्यक्रम सम्पन्न भएको हो। छलफल तथा भेटघाट कार्यक्रममा प्रमुख अतिथि आचार्यले पर्सा जिल्लामा रहेको एक चर्चित तथा ऋण सहकारी संस्था लिमिटेड र कान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड कसरी आफ्नो संस्था सञ्चालन भइरहेको छ र संस्था संस्थाले ऋणीहरूबाट ऋण कसरी असुल गर्ने भन्ने बारेमा  बृहत छलफल बाट आफूहरूले धेरै कुराहरू सिक्ने अवसर पाएको बताएका छन्। 

आफूहरू यस भ्रमणबाट धेरै नै उपलब्धि हासिल गर्न सफल भएको अध्यक्ष आचार्यको भनाइ रहेको छ। आफूहरुले त्यहाँ ऋण लगानी गरेको तर असुल उपर गर्नलाई समस्या भइरहेकोमा  यसका उपायहरू र नियमहरूबारे केही बुझ्ने अवसरहरू आफूहरूले पाएकोले त्यो नियमलाई पालना गरेर आफ्नो गृह जिल्लामा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। सहकारी सञ्चालक तथा व्यवस्थापकहरू र कर्मचारीहरूलाई नियमको दायरामा आपसमा विश्वास बढाउन सबैका लागि नियम कानुन बराबरी लागू गरेको खण्डमा संस्था बलियो हुने सीएमसी क्लबका संस्थापक अध्यक्ष एवं कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी अधिकृत जिष्णु  बरालले अवलोकन भ्रमणमा आएका  टोलीका  सहभागी भएकाहरूलाई जानकारी दिनुभएको छ उनले भने सहकारी संस्थालाई व्यक्तिगत नभई संस्थागत रुपमा हेर्नुपर्ने भएकोले यदि त्यस्ता समस्याहरु आएको खण्डमा व्यवस्थापक र सञ्चालकहरु बसेर तुरुन्त समाधान गरेको खण्डमा सहकारी संस्था  कहिले पनि नडुब्ने  बताएका हुन्

 त्यसैगरी गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यकारी अधिकृत रविभूषण श्रीवास्तवले कार्यक्रमको समापन समारोहमा आफ्नो संस्थाले पर्सा जिल्लामा अहिलेसम्म आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको र सदस्यहरूलाई  तीन ठाउँबाट बचतकर्ताहरूलाई सेवा उपलब्ध गराउनुका साथै एटिएम एसएमएस ur  लगायत सम्पूर्ण सेवाहरू बैंकिङ कारोबार जस्तै अनलाइन मार्फत हुँदै आइरहेको र अहिले संस्थामा करिब ४० करोडको हाराहारीमा संस्थाको मौजत रकम सुरक्षित रहेको जानकारी समेत दिनुभएको हो। उनले भने अहिले आफूहरूको संस्थाबाट बचतकर्ताहरू सन्तुष्टि रहेको र सम्पूर्ण कारोबार online banking कारोबार हुने भएकोले कुनै पनि त्यस्तो समस्या अहिले नभएको कपिलवस्तुबाट आएका बिहानी कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण पदाधिकारीहरूलाई उक्त कुराको अवगत गराउनुभएको थियो। कार्यकारी अधिकृत श्रीवास्तवले ऋणीहरूले  लिने क्रममा सम्पूर्ण कागजातहरू तयार गर्नुका साथै तीन पुस्ते नामवली सहित कपाली कागज गराएर ऋण प्रवाह गर्ने र ऋणहरूले समयमा ऋण दाखिल नगरेको  खण्डमा उनीहरूको जे जथा सम्पत्तिलाई ३५ दिने सूचना सार्वजनिक गरी लिलामी गरी रकम असुली गर्ने प्रावधान गर्दै आइरहेको जानकारी समेत दिनुभएको छ 


 बचतकर्ताहरूको समयमा बचत फिर्ता गर्ने र कसैलाई पनि अहिलेसम्म दुःख दिने काम नगरेको यसो गर्नाले आफ्नो संस्था अहिले बीरगंजमा आफ्नो छुट्टै पहिचान दिन सफल भएको अवगत गराउनु भएको हो सहभागी भएका टोलीका अध्यक्ष आचार्यले भने आफूहरूको भ्रमण फलदायक भएको यसबाट धेरै कुराहरू सिक्ने र सिकाउने अवसरहरू प्रदान गरेको जिकिर गर्नुभएको  थियो। अवलोकन भ्रमण तथा भेटघाट छलफल कार्यक्रममा  बिहानी कृषि सहकारी संस्था लिमिटेडका सचिव ईश्वरी खनाल कोषाध्यक्ष भीमलाल गौतम व्यवस्थापक प्रेमबहादुर क्षेत्री तथा अन्य सदस्यहरू गरी ३० जनाको टोली रहेको थियो











COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content