नारायणी अस्पतालमा कर्मचारी सरुवा तथा कार्यक्षेत्र हेरफेर गरेसँगै अस्पतालमा अब सेवा प्रभावकारी हुने
वीरगञ्ज, असार १६ गते – नारायणी अस्पताल, वीरगञ्जले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित तथा सहज बनाउन विभिन्न विभागमा कार्यरत कर्मचारीहरूको जिम्मेवारी हेरफेर तथा सरुवा गरेको छ।
अस्पताल प्रशासनद्वारा जारी सूचनाअनुसार अस्पताल प्रमुखको निर्णय बमोजिम असार १७ गतेदेखि लागू हुने गरी विभिन्न विभाग तथा वार्डमा कार्यरत कर्मचारीहरूलाई आवश्यकता र कार्यबोझका आधारमा नयाँ जिम्मेवारी तोकिएको हो। अस्पतालले सम्बन्धित कर्मचारीहरूलाई तोकिएको नयाँ कार्यस्थलमा समयमै हाजिर भई जिम्मेवारी सम्हाल्न निर्देशन दिएको छ।
जारी आदेशअनुसार सर्जिकल वार्ड, आइसोलेसन वार्ड, मेडिकल वार्ड, गायने वार्ड, इमर्जेन्सी, पेडियाट्रिक ओपिडी, कान तथा घाँटी (ईएनटी) ओपिडी लगायतका विभागहरूमा कर्मचारीहरूको कार्यक्षेत्र परिवर्तन गरिएको छ। यसरी जिम्मेवारी हेरफेर गरिएका कर्मचारीहरूमा स्टाफ नर्स, अहेव तथा वरिष्ठ सहायकस्तरका स्वास्थ्यकर्मीहरू रहेका छन्।
अस्पताल प्रशासनका अनुसार सेवा प्रवाहमा दक्षता अभिवृद्धि, जनशक्ति व्यवस्थापनमा सन्तुलन कायम गर्न तथा बिरामीलाई गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले कर्मचारीहरूको विभागीय व्यवस्थापन गरिएको हो।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्टद्वारा हस्ताक्षरित उक्त पत्रको बोधार्थ सम्बन्धित शाखा प्रमुखहरूलाई समेत पठाइएको छ। नयाँ जिम्मेवारी अनुसार कर्मचारीहरूले निर्धारित मितिदेखि आफ्नो कार्यक्षेत्रमा सेवा दिनुपर्ने जनाइएको छ।
नारायणी अस्पताल प्रदेशकै प्रमुख सरकारी स्वास्थ्य संस्थामध्ये एक भएकाले यहाँ हुने जनशक्ति व्यवस्थापनलाई सेवा सुधारको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। नारायणी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर डाक्टर चित्ररञ्जन शाहले जारी गरेको सो विज्ञप्तिमा बोधार्थमा नर्सिङ प्रमुख आर्थिक प्रशासन कर्मचारी प्रशासनमा समेत जानकारी गराइएको छ! अस्पताललाई जनताको सेवालाई प्रभावकारी बनाउने उद्देश्यले उक्त कर्मचारी हरु हेरफेर गरिएको मेडिकल सुपरिन्टेन्डेन्ट शाहले बताएका छन्


COMMENTS