ज्ञानविन्दु एकेडेमीमा नयाँ भर्ना भएका विद्यार्थीहरूको भव्य स्वागत कार्यक्रम सम्पन्न! बीरगञ्ज महानगरपालिका वडा नम्बर १५ मा रहेको ज्ञानविन्दु एकेडेमी स्कुलमा २०८३ को शैक्षिक सत्र नयाँ वर्षमा भर्ना भएका विद्यार्थीहरूलाई आज एक समारोहको बीच उनीहरूलाई भव्य स्वागत कार्यक्रम आयोजना गरिएको थियो ज्ञानविन्दु एकेडेमी स्कुलका प्रिन्सिपल आकाश तथा महेन्द्र साह कानुको प्रमुख आतित्यमा सुस्वागत कार्यक्रम सम्पन्न भएको हो। स्वागत समारोह कार्यक्रममा प्रमुख अतिथि समाजसेवी कानुले यस विद्यालयले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै महत्वपूर्ण योगदान दिन सफल हुनेमा आफू विश्वास रहेको धारणा राख्नुभएको थियो।
त्यसैगरी प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले यस विद्यालयका सञ्चालक रामसुन्दर चौधरी र आकाश गुप्तालाई धन्यवाद दिँदै विद्यार्थीहरूको सिकाइलाई अगाडि बढाउन सुझाव दिँदै लामो समयमा विद्यालय स्थापना भएपनि पहिलाका सञ्चालकहरुको तुलनामा अहिलेका सञ्चालकहरू सक्षम र शिक्षाप्रति जिम्मेवारी बुझेकाले यस विद्यालयको उपलब्धि हुने आफूले विश्वास लिएको धारणा व्यक्त गर्नुभएको थियो। विद्यार्थीहरूको सिकाइलाई शिक्षक शिक्षिकाहरुले ध्यान दिनुका साथै अभिभावकहरू पनि विद्यार्थीहरूको पठनपाठन प्रति जिम्मेवारी हुन अति आवश्यक रहेको बताउँदै आगामी दिनमा यस ज्ञानविन्दु एकेडेमी बोर्डिङ स्कुलले अभिभावकहरूको मन जित्न सफल हुनेमा आफूलाई विश्वास रहेको अध्यक्ष श्रीवास्तवले उक्त स्वागत समारोह कार्यक्रममा बताउनुभएको थियो।
स्वागत कार्यक्रमा पत्रकार जगत राईले विद्यार्थीहरूलाई अभिभावकहरूले धेरै दबाब दिन नहुने विद्यार्थीहरूको चाहनालाई पनि ध्यान दिन जरुरी रहेको बताउँदै यसले विद्यार्थीहरूमा तनाव कम हुने र मोबाइलको लतबाट टाढा राख्न सुझाव समेत दिनुभएको थियो। कार्यक्रमको स्वागत मन्तव्य ज्ञानविन्दु एकेडेमीका सञ्चालक राम सुन्दर चौधरीले गर्दै आफूले विद्यार्थीहरूको उज्ज्वल भविष्य बनाउने योजना सहित आफूसँग ४० वर्षको शिक्षा क्षेत्रमा पुर्याएको योगदान र ज्ञान भएकोले आफूहरूबाट हुने उच्च शिक्षाको लागि विद्यार्थीहरूलाई कुनै पनि किसिमको कन्चुसाई नगर्ने र विद्यार्थीहरूको उज्ज्वल भविष्यको सपना साकार गर्ने प्रतिबद्धता अभिभावकहरूलाई दिनुभएको थियो।
उहाँले भने आफू वीरगंजमा विभिन्न शैक्षिक संस्थामा रहेर गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूलाई उत्पादन गर्न र उनीहरूको भविष्य निर्माण गर्नमा ठूलो सफलता हासिल गरेको समेत उहाँले अभिभावकहरुलाई जानकारी दिनुभएको थियो। स्वागत कार्यक्रममा प्याप्सनका महानगर सदस्य विजयबल तथा शिक्षक शिक्षिका अभिभावकहरू विद्यार्थीहरू को उल्लेखनीय उपस्थित रहेको थियो। कार्यक्रमको सहजीकरण शिक्षक आदर्श ठाकुर र शिक्षिका नन्दनी शाहले गरेकी थिइन्।


















COMMENTS