४५ दिने महिलाहरुको ब्युटिसियन तालिम सम्पन्न तालिममा सिकेका सीप ब्यवहारमा ल्याउन वडा अध्यक्ष अग्रवालको अपिल गरेका छन् बीरगज महानगरपालिका व...
४५ दिने महिलाहरुको ब्युटिसियन तालिम सम्पन्न तालिममा सिकेका सीप ब्यवहारमा ल्याउन वडा अध्यक्ष अग्रवालको अपिल गरेका छन् बीरगज महानगरपालिका वडा नम्बर ६ को सहयोग तथा फेसियल हाउस ब्युटि पार्लर एण्ड ट्रेडिङ सेन्टर बीरगंज पर्साको आयोजनामा भएको ४५ दिने महिलाहरुको ब्युटिसियन तालिम सोमबार एक समारोह बिच सम्पन्न भएको छ। फेसियल हाउस ब्युटि पार्लर एण्ड ट्रेडिङ सेन्टर बीरगंजका अध्यक्ष सुनिता परियारको अध्यक्षता तथा बीरगंज महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जयप्रकाश साह अग्रवालको प्रमुख आतिथ्यमा उक्त तालिम सम्पन्न भएको हो ।तालिमको समापन समारोहमा प्रमुख अतिथि वडा अध्यक्ष अग्रवालले तालिममा सहभागी भएका महिलाहरुलाई तालिममा सिकेका सीपहरु आफ्नो ब्यवहारमा ल्याउन अपिल गर्नु भएको छ। उनलेे भने यो तालिम केवल तालिम मात्र नहोस् यसबाट महिलाहरुले आफ्नो घरमा सिक्दै आयआर्जनमा टोवा पुग्ने काममा मद्दत गर्न सकुन् भनेर बताएका हुन ।
हामीले आफ्नो वडामा भएका महिलाहरुलाई दक्ष बनाउने र घर परिवारलाई आर्थिक रुपमा सम्पन्न गर्ने लक्ष्य सहित वडा स्तरीय बजेट मार्फत यस्ता सीपमूलक तालिमहरु उपलब्ध गराउदै आइरहेको वडा अध्यक्ष अग्रवालले बताएका छन् ।तालिमको समापन समारोहमा वडा सदस्यहरु राजु खड्गी,पवन शर्मा ,वडा सचिव गंगा कुमारी पौडेल ,सध्या रौनियार ,पत्रकार जगत राई,सध्या कुमारी साह,प्रकाश परियार लगायतको उपस्थित रहेको थियो भने तालिमको प्रशिक्षण सुनिता परियार र मधु चौधरीले दिनुभएको थियो । ब्युटिसियन तालिममा ३५ जना महिलाहरुको सहभागीता रहेको फेसियल हाउस ब्युटि पार्लर एण्ड ट्रेडिङ सेन्टर बीरगंजका अध्यक्ष सुनिता परियारले जानकारी दिएकी थिइन् ।
अहिले आफूले यस्ता विभिन्न सिपमूलक तालिमहरू महिलाहरूलाई उपलब्ध गराउँदै दक्ष बनाएर आत्मनिर्भर बनाउने काममा सधैं लागि परेको अध्यक्ष सुनिता परियारले हुन् हरेक वर्ष यस्ता महिलाहरूको लागि आत्मनिर्भर बनाउने तालिमहरू उपलब्ध गराउने क्रममा यो वर्ष पनि ब्युटिसियन तालिम सञ्चालन गरेर महिलाहरुलाई आयआर्जनमा टेवा पुर्याउने लक्ष्य सहित काम गरेको अध्यक्ष परियारको भनाइ रहेको छ।












COMMENTS