माउन्ट मकालु बोर्डिङ स्कुलमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई टिका र खादाले भब्य स्वागत! बीरगंज महानगरपालिका वडा नम्बर १० अशोक बाटिकामा रहेको Mount Makalu English Boarding School द्वारा शैक्षिक सत्र २०८३ का लागि भर्ना भएका नयाँ विद्यार्थीहरूलाई विद्यालय परिसरमा स्वागत गरिएको छ।विद्यालय व्यवस्थापन समितिको आयोजनामा उक्त स्वागत कार्यक्रम मार्फत नयाँ विद्यार्थीहरूलाई विद्यालय परिवारमा हार्दिक स्वागत गरिएको विद्यालयका प्राचार्य राहुल श्रीवास्तव, उप–प्राचार्य रेखा जैस्य तथा निर्देशक कामेश्वर प्रसाद श्रीवास्तव गर्नुभएको थियो प्राचार्य श्रीवास्तवले बताएअनुसार यो वर्षदेखि यस विद्यालयमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई यस्ता गतिविधि मार्फत विद्यार्थीहरुलाई स्वागत गर्नु पाउँदा विद्यार्थीहरूमा पनि खुसी देखिएको र यसरी स्वागत गर्न पाउँदा आफूलाई पनि धेरै गौरम्बित भएको प्राचार्य श्रीवास्तवको भनाइ रहेको छ। स्वागत कार्यक्रममा शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्राचार्य राहुल श्रीवास्तवले नयाँ विद्यार्थीहरूलाई अनुशासन, तथा विद्यालयको नीति नियमहरू गतिविधिहरू तथा विद्यालयले अपनाउनुपर्ने कानुनका नियमहरूको बारेमा जानकारी हुन अति आवश्यकता रहने भएकोले यस्ता नयाँ भर्ना भएका विद्यार्थीहरूको लागि महत्त्वपूर्ण र नियमितता गुणस्तरीय शिक्षामा जोड दिँदै उज्ज्वल भविष्य निर्माणतर्फ अग्रसर हुन प्रेरित हुनुपर्नेमा विद्यालयको जोड रहेको धारण राख्नु भएको थियो । साथै, विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि आवश्यक सम्पूर्ण सुविधा तथा शैक्षिक वातावरण प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यालयले सांस्कृतिक प्रस्तुति, स्वागत मन्तव्य तथा परिचयात्मक समेत आयोजना गरेको थियो कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थीहरू धेरै उत्साहित र आकर्षण भएका थिए
विद्यालय व्यवस्थापन समितिले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा आत्मीयता बढाउने तथा विद्यालयप्रति सकारात्मक भावना विकास गर्ने विश्वास व्यक्त गरेको छ। अन्तमा प्राचार्य श्रीवास्तवले Mount Makalu Secondary School परिवारमा शैक्षिक सत्र २०८३ का लागि भर्ना हुनुभएका सम्पूर्ण नयाँ विद्यार्थीहरूलाई हार्दिक स्वागत तथा शुभकामना व्यक्त समेत गर्नुभएको थियो उनले म मकालु बोर्डिङ स्कुल नै रोजेकोमा
विद्यालय अझ उर्जावान, प्रेरणादायी र सफल बन्ने विश्वास लिदै गुणस्तरीय शिक्षा, अनुशासन, र उज्ज्वल भविष्य निर्माणका लागि आफूहरू सधैँ अग्रसर रहने प्रतिबद्धता जनाएका छन्। प्राचार्य श्रीवास्तवको भनाइआउनुहोस्, सिकाइको यो सुन्दर यात्रालाई हामी सबै मिलेर सफल बनाऔं भनेर उद्घोषसमेत गरेका छन्।











COMMENTS