सुलभ सीपमूलक तालिम केन्द्र सखुवा पर्सौनी ३ पर्साको आयोजना र बीरगंज महानगरपालिका वडा नम्बर ३२ को सहयोगमा एक महिने सिलाई कटाई तालिम शुरु शुलभ सीप मूलक तालिम केन्द्र सखुवा पर्सौनी पर्साका सञ्चालक सुरेश प्रसाद पटेलको अध्यक्षता तथा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ का वडा अध्यक्ष रियाज मोहम्मदको प्रमुख आतिथ्यमा उक्त एक महिने सिलाई कटाई तालिम सुरु भएको हो। तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष मोहम्मदले तालिम बाट भरपूर्ण फाइदा लिन र आय आर्जन तर्फ उन्मुख हुन सुझाव दिनुभएको थियो त्यसैगरी वडा सदस्य ईसाद अन्सारीले तालिममा सहभागी भएका महिलाहरूलाई तालिमको महत्व र यसबाट हुने उपलब्धिलाई आत्मसाथ गर्न सुझाव दिनुभएको छ त्यसैगरी जनभण्डाफोर दैनिक कार्यकारी सम्पादक एवं जगत समाचारका सञ्चालक जगत राईले तालिम केवल तालिम मात्र नभई यसबाट आत्मनिर्भर बन्न र आयआर्जनतर्फ अगाडि बढ्न आग्रह गर्नुभएको थियो। वडाले आफ्नो वडाका महिलाहरूलाई आत्मनिर्भर बन्न यस्ता विभिन्न तालिमहरू आयोजना गरेर सक्षम बनाउन खोजेकोमा यस्ता अवसरहरूलाई सदुपयोग गर्दै अगाडि बढ्न तालिममा सहभागी भएका महिलाहरूलाई पत्रकार राईले निर्देशन दिनुभएको थियो। सिलाई कटाई तालिमको उद्घाटन समारोहमा महिला वडा सदस्य रुख साना खातुनको समेत विशेष उपस्थिति रहेको थियो।
सिलाई कटाई तालिममा २५ जना महिलाहरूको सहभागिता रहेको सुलभ सिपमूलक तालिम केन्द्रका सञ्चालक सुरेश प्रसाद पटेलले जानकारी दिनुभएको छ।





COMMENTS