$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

नेशनल मेडिकल कलेजमा २०६औँ अन्तर्राष्ट्रिय नर्सिङ दिवस भव्य रूपमा सम्पन्न

 *नेशनल मेडिकल कलेजमा २०६औँ अन्तर्राष्ट्रिय नर्सिङ दिवस भव्य रूपमा आज एक समारोहको बीच  सम्पन्न भएको छ २०६औँ अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अव...



 *नेशनल मेडिकल कलेजमा २०६औँ अन्तर्राष्ट्रिय नर्सिङ दिवस भव्य रूपमा आज एक समारोहको बीच  सम्पन्न भएको छ २०६औँ अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेशनल मेडिकल कलेज द्वारा आयोजित विशेष कार्यक्रम आज वीरगञ्जस्थित नेशनल मेडिकल कलेजको लेक्चर थिएटर–१ मा दिउँसो २:०० बजेदेखि भव्य रूपमा सम्पन्न भएको छ“हाम्रा नर्स, हाम्रो भविष्य – सशक्त नर्सहरूले जीवनको सेवा गर्छन्” भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रमको अध्यक्षता नर्सिङ निर्देशक प्रा. गंगा गुरुङले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा कलेजका अध्यक्ष प्रा.डा. जैनुदिन अन्सारीको उपस्थिति रहेको थियो। साथै अतिथिका रूपमा प्रबन्ध निर्देशक श्री शहनवाज अन्सारी, शैक्षिक निर्देशक डा. रुबी श्रेष्ठ, एडमिसन तथा मार्केटिंग निर्देशक - आबिद हुसेन अन्सारी तथा अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवात राष्ट्रिय गान तथा पानस प्रज्वलनबाट गरिएको थियो। त्यसपछि नर्सिङ विद्यार्थीहरूद्वारा दीप प्रज्वलन तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको थियो। स्वागत नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।कार्यक्रममा प्राचार्य प्रा.डा. के.एन. सिंह, उप-प्राचार्य प्रा.डा. रविशंकर गुप्ता, नर्सिङ क्याम्पसकी उप-प्राचार्य प्रा.डा. बबिता सिंहले नर्सिङ पेशाको गरिमा, समर्पण तथा स्वास्थ्य सेवामा नर्सहरूको अतुलनीय योगदानबारे आफ्ना धारणा व्यक्त गर्नुभएको थियो।


त्यसैगरी प्रबन्ध निर्देशक श्री शहनवाज अन्सारी,शैक्षिक निर्देशक डा. रुबी श्रेष्ठ, एडमिसन तथा मार्केटिंग निर्देशक - आबिद हुसेन अन्सारी तथा अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारीले नर्सहरूको भूमिका स्वास्थ्य प्रणालीको मेरुदण्ड भएको उल्लेख गर्दै उनीहरूको सेवाभावको उच्च प्रशंसा गर्नुभएको थियो।

कार्यक्रममा पाँच वर्षभन्दा बढी समयदेखि सेवा गर्दै आएका नर्सहरूलाई विशेष सम्मान समेत गरिएको थियो। साथै अस्पतालका कर्मचारीहरूद्वारा सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो।कार्यक्रमको धन्यवाद ज्ञापन प्राध्यापक तथा कार्यक्रम संयोजक श्री जाफ्रे आलम अन्सारीले गर्नुभएको थियो। अन्त्यमा केक काट्ने तथा जलपान गरि कार्यक्रम सम्पन्न गरिएको थियो।

उक्त कार्यक्रममा विभिन्न विभागका प्राध्यापकवृन्द, चिकित्सक, नर्सिङ विद्यार्थीहरू, अस्पतालका कर्मचारीहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।






COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content