$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

everest public schoolद्वारा स्वागत सम्मान तथा दीक्षान्त समारोह भव्य रुपमा सम्पन्न नर्सरी देखि नौसम्मका उत्कृष्ट विद्यार्थीहरू सम्मानित

    everest public schoolद्वारा  स्वागत सम्मान तथा दीक्षान्त समारोह  शुक्रबार विद्यालयको प्राङ्गणमा भव्य रुपमा सम्पन्न भएको छ   बीरगंज महानग...

 

  everest public schoolद्वारा  स्वागत सम्मान तथा दीक्षान्त समारोह  शुक्रबार विद्यालयको प्राङ्गणमा भव्य रुपमा सम्पन्न भएको छ 


 बीरगंज महानगरपालिका वडा नम्बर ९ मा रहेको एभरेस्ट पब्लिक स्कुलद्वारा शुक्रबार स्वागत सम्मान तथा दीक्षान्त समारोह भव्य रुपमा सम्पन्न भएको छ। एभरेस्ट पब्लिक स्कुलका प्रिन्सिपल नितु चौरसियाको सभापतित्व तथा डाइरेक्टर डाक्टर उमेश चौरासियाको प्रमुख आतिथ्यमा उक्त स्वागत सम्मान तथा दीक्षान्त समारोह सम्पन्न भएको हो।  स्वागत सम्मान तथा दीक्षान्त समारोहमा प्रमुख अतिथि डाक्टर चौरसियाले विद्यार्थीहरूलाई अब केवल किताबी ज्ञान मात्र नभएर विभिन्न व्यवहारिक ज्ञानको पनि आवश्यकता पर्ने बताएका हुन्। समय सापेक्ष अनुसार विद्यार्थीहरुलाई अब किताबको रटन नहुने आफ्नो घरभित्र भएका सानातिना कामदेखि लिएर आफूलाई आवश्यकता पर्ने व्यवहारिक ज्ञानहरू पनि विद्यार्थीहरूलाई वा आफ्ना नानीहरूलाई सिकाउन अति आवश्यकता रहने भएकोले अभिभावकहरूले पनि त्यस्ता ज्ञानहरू प्रदान गर्न अनुरोध गर्नुभएको थियो। हामी अहिले विभिन्न प्राविधिक युगमा प्रवेश गरेको भएपनि आफूहरुलाई आवश्यक पर्ने ज्ञानहरु हासिल गर्नुपर्ने र अनावश्यक विषयमा प्रवेश गर्न नहुने जसले आफ्नो भविष्य र समाजको त्यस विषयमा अभिभावकहरूले पनि आफ्ना नानीहरूलाई ज्ञान दिनुपर्ने बताएका थिए  



त्यसैगरी अर्का अतिथि जनभण्डाफोर दैनिकका कार्यकारी सम्पादक एवं जगत समाचारका सञ्चालक जगत राईले विद्यार्थीहरूले आफ्नो व्यवहारिक ज्ञानलाई समाजमा उतार्न सक्नु नै अहिलेको महत्वपूर्ण विषय रहने बताए उनले भनिन् विद्यार्थीहरूले आफ्ना अभिभावकहरूको चाहना पूरा गर्ने हो भने असल विद्यार्थी बनेर देखाउन सके मात्र समाजको असल नागरिकको रुपमा पहिचान हुने र जसले आफ्ना विद्यालय राष्ट्र समाज अभिभावकको शिरलाई उँचो राख्नमा ठूलो मद्दत पुग्ने भएकोले त्यस्ता गलत गतिविधिमा नलाग्न राईले  विद्यार्थीहरूलाई सुझाव दिएका थिए। उनले यो समाजलाई परिवर्तन गर्न हामीबाटै असल नागरिक बनेर सुरु गरे मात्र यो समाज परिवर्तन हुने र त्यसका लागि आफैबाट सुरु गर्न अति आवश्यकता रहेको धारणा राख्नुभएको थियो।


 दीक्षान्त समारोहमा हासिल गरेका नर्सरी एलकेजी र युकेजीका विद्यार्थीहरु र नर्सरीदेखि कक्षा ९ सम्मका प्रथम विद्यार्थीहरूलाई सम्मानित भएका विद्यार्थीहरूलाई बधाई एवं शुभकामना समेत राईले दिनुभएको थियो। कार्यक्रमको विशिष्ट अतिथि एभरेस्ट पब्लिक स्कुलका सञ्चालक उमेश शाहले विद्यार्थीहरूलाई आजको समाजले खोजेका विद्यार्थीहरु उत्पादन गर्न आफूहरू तत्पर रहेको र भविष्यमा यस विद्यालयबाट अध्यापन गरी उच्च शिक्षाको लागि बाहिर जाने जो पनि विद्यार्थीहरु यो समाजको असल नागरिक बन्नेमा आफूहरुलाई पूर्ण विश्वास रहेको धारणा राख्नुभएको थियो। उनले भने हामी यस विद्यालयबाट उत्पादन गरेका विद्यार्थीहरु असल र समाजलाई चाहिने विद्यार्थीहरु तयार गर्ने सोचका साथ अगाडि बढेकाले विद्यार्थीहरुले पनि विद्यालयको नाम र अभिभावकको सोचलाई अवश्य पनि एउटा उचाइमा र्‍याउन सक्छ भन्ने ठूलो विश्वास रहेको सञ्चालक शाहले अपेक्षा गरेको धारणा राख्नुभएको छ। कार्यक्रममा शिक्षक अरुण यादव अभिभावक राजिव कर्ण मोहम्मद अलि लगायतले समेत आआफ्नो धारणा राख्नुभएको थियो।  कार्यक्रमको स्वागत कोर्डिनेटर अनुराग तिवारीले गर्नुभएको थियो। विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य कार्यक्रम समेत गरेका थिए। कार्यक्रममा शिक्षक शिक्षिका अभिभावक एवं विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।











COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content