जीवन ज्योति स्कुलका विद्यार्थीहरूलाई आज एक समारोहको बीच हेड girl हेड boy एवं हाउस क्याप्टेनहरूलाई सपथ ग्रहण कार्यक्रम सम्पन्न! बीरगञ्ज ...
जीवन ज्योति स्कुलका विद्यार्थीहरूलाई आज एक समारोहको बीच हेड girl हेड boy एवं हाउस क्याप्टेनहरूलाई सपथ ग्रहण कार्यक्रम सम्पन्न!
बीरगञ्ज महानगरपालिका वडा नम्बर ९ मा रहेको जीवन ज्योति स्कुलका विद्यार्थीहरूले निर्वाचन प्रणाली मार्फत हेडगलhead boy तथा हाउस क्याप्टेनरुलाई आज एक समारोहको बीच सपथ ग्रहण तथा गोपनियता प्रमुख अतिथि सशस्त्र प्रहरी उपरीक्षक मोहन क्षेत्रीले गराउनुभएको थियो। प्रमुख अतिथि सशस्त्र प्रहरी उपरीक्षक क्षेत्रीले जसरी आफ्नो निर्वाचनबाट निर्वाचित भएका head girl had boy एवम हाउस क्याप्टेनहरूले आफ्नो प्रतिबद्धता जनाएका छन् ती प्रतिबद्धताहरूलाई आफ्ना कक्षाकोठामा लागू गरेर नियम अनुशासन तथा पद्धतिहरूलाई व्यवहारमा ल्याउन आग्रह गर्नुभएको थियो।
उनले भने जिम्मेवारी निभाउनु चाहे कुनै पनि क्षेत्रको किन नहोस् त्यो कर्तव्य पालना गर्ने हामी सबैको भएको हुनाले आफूहरूले पनि विद्यालयको रुलहरू पालना गर्दै कक्षा कोठाका आफ्ना विद्यार्थीहरुलाई कार्यान्वयन गराउन आग्रह गर्नुभएको हो। उहाँले विद्यार्थी जीवनमा कम अङ्का आयो भन्दैमा चिन्ता लिनु नपर्ने र आफूले सोचेको र लिएको लक्ष्यहरू पूरा गर्न तर्फ अग्रसर हुन जरुरी रहेको सशस्त्र प्रहरी उपरीक्षक क्षेत्रीले उक्त सपथ ग्रहण कार्यक्रममा विद्यार्थीहरुलाई बताउनुभएको थियो। अहिलेका विद्यार्थीहरूले आवेगमा आएर आत्महत्या गर्ने गरेकाले त्यसो गर्न नहुने र आफ्ना अभिभावकहरूको लक्ष्य र आफ्नो उद्देश्य पूरा गर्न सङ्घर्ष गर्दै अगाडि बढ्न अति आवश्यक रहेको धारणा राख्नुभएको थियो। सपथ ग्रहण कार्यक्रमको समापन समारोहमा जीवन ज्योति बोर्डिङ स्कुलका प्रिन्सिपल शिवजी प्रसाद गुप्ताले विद्यार्थीहरू लाई अनुशासनको पालना गराउने उद्देश्यले यो निर्वाचन प्रणाली मार्फत हरेक वर्ष head girl head boy एवम हाउस क्याप्टेनहरूलाई निर्वाचन गराउने काम गर्दै आइरहेको बताएका हुन्।
उनले बताए अनुसार यसो गर्नाले विद्यालयको नियम कानुनलाई ती विद्यार्थीहरूले कार्यान्वयन गर्नुको साथै भोलिका दिनमा आफ्ना भविष्यमा नियमहरू लागू गरेको खण्डमा राम्रो नेतृत्व र असल व्यक्तिको पहिचान गर्न सफल हुने गरेको बताएका छन्। त्यसैगरी सचालिका मीनाक्षी गुप्ताले विद्यार्थीहरूलाई विद्यालयले यस्ता अतिरिक्त क्रियाकलापहरू सँगसँगै अन्य आफूलाई व्यवहारमा आवश्यकता पर्ने नियमहरूको बारेमा विद्यार्थीहरूलाई जानकारी गराउने काम भएको बताएकी छिन्। सपथ तथा गोपनियता कार्यक्रममा बार एसोसिएसनका अध्यक्ष रामनारायण कुर्मी मानव सेवा आश्रमका देवेश गुप्ता लगायतले आआफ्नो धारणा राख्नुभएको थियो।
आजबाट २०८३ को लागि निर्वाचनबाट निर्वाचित भएका विद्यार्थीहरूले एक वर्षको लागि आफ्नो कर्तव्य पूरा गरी विद्यालयको नियम कानुनहरू पालना गर्ने दायित्व पूरा गर्नेछन्। कार्यक्रमको स्वागत मन्तव्यका प्रिया सिहले गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण उज्ज्वल घिमिरेले गरेका हुन्।




















COMMENTS