GPL गहवा प्रिमियर लिग-२०८३ सिजन-१ आजबाट उदघाट्न आयोजक वडा न.८का वडा अध्यक्ष रितेश गुप्ताको अध्यक्षतामा वडा न.८ युवा क्रिकेट खेलाडीहरुको व...
GPL गहवा प्रिमियर लिग-२०८३ सिजन-१ आजबाट उदघाट्न आयोजक वडा न.८का वडा अध्यक्ष रितेश गुप्ताको अध्यक्षतामा वडा न.८ युवा क्रिकेट खेलाडीहरुको वडा स्तरिय क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको आज शिल्ड अनावरण गरी उद्घाट्न भएको छ।
आजको खेलमा गहवा वेरियर्सलाई पराजित गर्दै पानीटंकि गोर्खालीले बिजयी शुरुवात गरेको छ।
टुर्नामेन्ट उद्द्घाट्न कार्यक्रमका प्रमुख अतिथी ज स पा नेपालका राम नरेश यादवले घरेलु खेलाडीहरुलाइ राष्ट्रिय ल,अन्तराष्ट्रिय स्तरमा खेलाउन आजको GPL टुर्नामेन्ट शुरुवात मात्रै नभइ भोलीको भबिष्य सिङार्ने कोशेढुङा साबित हुने तर्क राख्दै टिमका खेलाडीहरुको मनोबल उच्च राखी खेल खेल्न शुभकामना मन्तब्य दिनुभएको थियो।कार्यक्रम सत्रमा बिरगंज कलेजका प्रशिक्षक डा. दिपेन्द्र चौधरी ,ठाकुर राम क्यापसका कन्हैया झा कुमोदिनी एकेडेमी बोर्डिङ स्कुलका सञ्चालक ,श्रीराम गिरी,गफार हवारी,अलि असगर ८ न.वडाका समाजसेवी,आठ वटा टिमका खेलाडीहरु लगायत टुर्नामेन्ट संयोजक युडि बाइ सेफ कम्प्युटर एजुकेशनका प्रशिक्षक बंशीधर गुप्ता लगायतको उपस्थिति रहेको थियो कार्यक्रमको सहजीकरण श्याम बिनय चौधरीले गरेका थिए।




COMMENTS