$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

मधेश प्रदेशको एकमात्र प्रतिष्ठित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त

मधेस प्रदेशको एकमात्र ख्याति प्राप्त  नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त गर्न सफल भएको छ उक्त कलेजले  अन्तर...



मधेस प्रदेशको एकमात्र ख्याति प्राप्त  नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले ISO 9001:2015 प्रमाणीकरण प्राप्त गर्न सफल भएको छ उक्त कलेजले  अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चिकित्सक क्षेत्रमा सफल र योगदान गरेको भन्दै iso प्रमाणीकरण गरिएको हो। 

नेशनल मेडिकल कलेज वीरगञ्जले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001:2015 गुणस्तर व्यवस्थापन प्रणाली (QMS) अन्तर्गतको प्रमाणीकरण सफलतापूर्वक प्राप्त गरेको छ। यस उपलब्धिले गुणस्तरीय स्वास्थ्य सेवा, बिरामी सुरक्षाको सुनिश्चितता तथा संस्थागत व्यवस्थापनप्रति अस्पतालको प्रतिबद्धतालाई अझ सुदृढ बनाएको अस्पतालले जनाएको छ

अस्पतालको व्यवस्थापन प्रणाली, कार्यप्रणाली तथा सेवा प्रवाहको विस्तृत मूल्याङ्कनपछि उक्त प्रमाणीकरण प्रदान गरिएको जनाइएको छ।

ISO 9001:2015 प्रमाणीकरण अन्तर्गत अस्पतालका चिकित्सा सेवा, क्लिनिकल तालिम, शिक्षण अस्पताल सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला सेवा, रेडियोलोजी, फार्मेसी, आपतकालीन सेवा, ब्लड बैंक तथा अन्य सहयोगी सेवाहरू समेटिएका छन्। यसले संस्थाको गुणस्तर सुनिश्चितता, निरन्तर सुधार तथा मानकीकृत कार्यप्रणालीप्रतिको प्रतिबद्धतालाई झल्काउने अस्पतालको भनाइ छ।

वीरगञ्ज महानगरपालिका–१५, भेडियाही, पर्सामा अवस्थित National Medical College Pvt. Ltd. ले ISO 9001:2015 का सम्पूर्ण मापदण्डहरू पूरा गर्दै उक्त प्रमाणीकरण प्राप्त गरेको हो। साथै, निर्धारित अवधिमा अनुगमन अडिटहरू सफलतापूर्वक सम्पन्न गर्नुपर्ने व्यवस्था रहेको बताइएको छ।

यस अवसरमा अस्पताल व्यवस्थापनले उक्त प्रमाणीकरणले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम राख्न, सेवाग्राही सन्तुष्टि अभिवृद्धि गर्न, कार्यप्रणाली व्यवस्थापनलाई प्रभावकारी बनाउन, प्रक्रिया–केन्द्रित तथा सेवाग्राही–केन्द्रित सेवा प्रवाहलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै दक्ष जनशक्ति विकास तथा अन्तर्राष्ट्रिय स्तरअनुरूप सेवा प्रणाली कार्यान्वयनमा समेत यसले महत्वपूर्ण भूमिका खेल्ने अस्पतालको भनाइ छ।


अस्पतालका प्रबन्ध निर्देशकले “ISO 9001:2015 प्रमाणीकरण हाम्रो अस्पतालका लागि केवल उपलब्धि मात्र नभई गुणस्तरीय सेवा, व्यवस्थित प्रणाली तथा निरन्तर सुधारप्रतिको प्रतिबद्धताको प्रमाण हो,” भन्दै बिरामीलाई अझ सुरक्षित, व्यवस्थित तथा सम्मानजनक स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल निरन्तर प्रतिबद्ध रहने बताएका छन्।

अस्पताल नेतृत्वले ISO प्रमाणीकरणलाई सम्मानसँगै जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै सुरक्षित, भरपर्दो तथा उच्च गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा उत्कृष्टता कायम राख्न संस्था निरन्तर प्रयासरत रहने जनाएको छ।

यस उपलब्धिसँगै National Medical College Teaching Hospital क्षेत्रकै अग्रणी स्वास्थ्य तथा चिकित्सा शिक्षा संस्थाका रूपमा थप स्थापित भएको विश्वास गरिएको छ। उक्त मेडिकल कलेजले हजारौँ  चिकित्सकहरू उत्पादन गर्नुका साथै हजारौँ व्यक्तिहरूलाई रोजगारी दिन समेत सफल हुँदै आइरहेको  मेडिकल कलेजका प्रबन्धक निर्देशक डाक्टर जैनुदिन   अन्सारीले बताएका छन् 

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content