बीरगंज महानगरपालिका वडा नम्बर 10 अशोकबाटिकामा रहेको Royal Kids Montessori & Day Care Center मा Nursery तथा PG कक्षाका विद्यार्थीहरूको सहभागितामा “Red Day Celebration” कार्यक्रम विद्यालय परिसरमा सम्पन्न भएको छ।
कार्यक्रमको मुख्य उद्देश्य साना बालबालिकाहरूलाई रातो रङको पहिचान गराउनुका साथै उनीहरूको सृजनशीलता र सहभागितामूलक सिकाइलाई प्रोत्साहन गर्नु रहेको विद्यालयले जनाएको छ।
कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले रातो रङसँग सम्बन्धित विभिन्न सामग्रीहरू प्रयोग गरी चित्रकला, रंग भर्ने तथा हस्तकला गतिविधिहरूमा सक्रिय सहभागिता जनाएका थिए। शिक्षकहरूको सहकार्य र निर्देशनमा सञ्चालन गरिएको उक्त कार्यक्रमले बालबालिकाहरूमा सिकाइप्रतिको रुचि अझ बढाएको देखिएको छ।
विद्यालयकी प्रिन्सिपल रुचिका कुमारी तथा निर्देशक कामेश्वर प्रसाद श्रीवास्तवले यस्ता गतिविधिहरूले बालबालिकाहरुको मानसिक, सामाजिक तथा सृजनात्मक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभएको छ। बालबालिकाहरुलाई यस्ता अतिरित क्रियाकलापहरु गर्नु अति आवस्यक रहने निदेर्शक श्रीवास्तवले बताएका छन्
कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण शिक्षक,शिक्षिका विद्यार्थी तथा अभिभावकहरूलाई विद्यालयको तर्फ धन्यवाद ज्ञापन गरेका छन् आगामी दिनहरुमा थप बालबालिकाहरुका लागि यो भन्दा उपलब्धिमुलक कार्यक्रम आयोजना गरिने निर्देशक श्रीवास्तवको भनाई रहेको छ












COMMENTS