लिटिल एन्जल स्कुलका विद्यार्थीहरूद्वारा विपश्यना ध्यान केन्द्रको शैक्षिक अवलोकन भ्रमण तथा ध्यान गरेका थिए बीरगंज महानगरपालिका वार्ड नं २४ ज्योतिनगरमा रहेको लिटिल एन्जल बोर्डिङ स्कुलमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीहरूले हालै विपश्यना ध्यान केन्द्रको शैक्षिक अवलोकन तथा ध्यान गरेका छन्। विद्यार्थीहरूलाई ध्यान, आत्मअनुशासन तथा मानसिक एकाग्रताबारे व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले उक्त भ्रमणको आयोजना गरिएको विद्यालयले जनाएको छ।
भ्रमणका क्रममा विद्यार्थीहरूले विपश्यना ध्यान पद्धतिबारे जानकारी प्राप्त गरेका थिए। विशेष गरी ‘आनापान ध्यान’ (Anapana Meditation) सम्बन्धी प्रशिक्षण दिइएको थियो, जसले श्वासप्रश्वासको नियन्त्रण र सचेत अवलोकनमार्फत मनलाई एकाग्र तथा शान्त बनाउन सहयोग पुर्याउने प्रशिक्षकहरूले बताएका थिए।
ध्यान केन्द्रका प्रशिक्षकहरूले विद्यार्थीहरूलाई नियमित ध्यान अभ्यासले अध्ययनमा ध्यान केन्द्रित गर्न, तनाव व्यवस्थापन गर्न तथा सकारात्मक सोचको विकास गर्न मद्दत पुग्ने जानकारी गराएका थिए। विद्यार्थीहरूले पनि ध्यान अभ्यासको अनुभवलाई उपयोगी र प्रेरणादायी भएको बताएका थिए।विद्यालय प्रशासनका अनुसार यस्ता शैक्षिक तथा व्यक्तित्व विकाससम्बन्धी कार्यक्रमहरूले विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने भएकाले आगामी दिनमा पनि यस्ता गतिविधिहरूलाई निरन्तरता दिइनेछ।
विपश्यना ध्यान केन्द्रको अवलोकन तथा आनापान ध्यान अभ्यासबाट विद्यार्थीहरूले मानसिक स्वास्थ्य, आत्मनियन्त्रण र अनुशासित जीवनशैलीबारे महत्वपूर्ण ज्ञान हासिल गरेको विद्यालयका principal सन्नी पाख्रिङले जानकारी दिनुभएको छ उनले बताएअनुसार यस्ता आध्यात्मिक ज्ञान गर्नाले विद्यार्थीहरूमा शान्ति एवं एक किसिमको ज्ञानहरू प्राप्त गर्न सकिने भएकोले विद्यार्थीहरुलाई यस्ता विभिन्न क्रियाकलापहरुमा पनि सहभागी गराउन अति आवश्यक रहेको प्रिन्सिपल पाख्रिनको भनाइ रहेको छ।




COMMENTS