महामारी तयारी तथा प्रतिकार्य सुदृदिकरण कार्यक्रम बारेमा सरोकारवालाहरूसँग समन्वय बैठक सम्पन्न!! nepal trek crush society नेपाल रेडक्रस सोस...
महामारी तयारी तथा प्रतिकार्य सुदृदिकरण कार्यक्रम बारेमा सरोकारवालाहरूसँग समन्वय बैठक सम्पन्न!! nepal trek crush society नेपाल रेडक्रस सोसाइती पर्सा वीरगञ्जको आयोजनामा तथा डेनिस र क्यानिडिएस रेडक्रसको आर्थिक सहयोगमा आज स्थानीय होटल वीरगञ्ज गेटवेमा महामारी तयारी तथा प्रतिकार्य सुदृदिकरण कार्यक्रम बारेमा सरकारवालाहरूसँग जानकारी तथा समन्वय बैठक सम्पन्न भएको छ। नेपाल रेस क्रस सोसाइटी पर्साका सभापति ब्रिज किशोर पटेलको अध्यक्षतामा बसेको सो बैठकमा जिल्ला प्रशासन कार्यालय पर्सा वीरगञ्ज जिल्ला प्रहरी कार्यालय पर्सा सशस्त्र प्रहरी बल कार्यालय बीरगंज उद्योगवाणिज्य सङ्घ लगायत विभिन्न स्टे होल्डरहरू सहभागिता रहेको थियो। यसको मुख्य उद्देश्य भनेको स्वास्थ्य क्षेत्रमा आपतकाल समन्वय तदारुक्ता प्रतिकार्य गर्ने सक्षम र सुदृदिकरण स्वास्थ्य संस्था बनाउदै विभिन्न तालिम सञ्चालन गर्ने दक्ष प्रविधिक शक्ति तयार गरेर मनोसामाजिक परामर्श तालिम समुदायमा आधारित रोग खोजिपडताल तालिम रेडक्रस आपत्कालीन क्लिनिक सञ्चालन तालिम महानगरपालिकाको आपत्कालीन स्वास्थ्य पूर्व तयारी तथा प्रतिकार्य योजना बनाउँदै प्राविधिक सहयोग गर्ने जनचेतनाका कार्यक्रम पानीका मुहान सर्वेक्षण तथा पानी सुदृदिकरण बारेमा जनचेतना अन्तरक्रिया एवं समाजिक मनोपरामर्श लगायतहरूमा काम गर्ने तयारीबारे सो बैठकमा निर्णय भएको महामारी तयारी तथा प्रतिकार्य सुदृदिकरण कार्यक्रम अधिकृत शिवप्रसाद सुवेदीले जानकारी दिनुभएको छ।

उहाँले बताएअनुसार यो कार्यक्रम बीरगञ्ज महानगरपालिका वार्ड नम्बर ११ः १२ र १३ यो कार्यक्रम सञ्चालन सञ्चालन गर्न लागेको बताएका छन् बैठकमा सबैले आआफ्नो ठाउँबाट सहयोग र सहकार्य गर्दै अगाडि बढाउने प्रतिबद्धता समेत जनाएको नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति ब्रिजकिशोर पटेलले बताउनुभएको छ


COMMENTS