क्रिएटिभ स्कुल ग्रुपद्वारा जुनियर चित्रकला तथा सिनियर हस्तालेखन प्रतियोगितामा विजेता उपविजेताहरूलाई मेडल प्रमाणपत्र एवं सिलले विद्यार्थीहरूलाई सम्मानित गरिएको छ क्रिएटिभ स्कुल ग्रुप द्वारा आयोजित जुनियर तथा सिनियर चित्रकला एवं हस्तालेखन प्रतियोगिता आइतबार अल्फाटेक moden मोडन स्कुलमा सम्पन्न भएको छ एन प्याप्सनका केन्द्रीय सचिव एवं ओसिस माविका सञ्चालक इन्द्रदेव शाहको सभापतित्व तथा वडा नं ७ का वडा अध्यक्ष हिराकाजी महर्जनको प्रमुख आतिथ्यमा सिनियर तथा जुनियर चित्रकला एवं हस्ता कला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो! कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष महर्जनले बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलापहरूमा सहभागी यस क्रिएटिभ स्कुल ग्रुपले गराउने काम गरेकोमा धेरै प्रशंसा गर्दै यसले विद्यार्थीहरूको बौद्धिकता विकास हुने र आफ्नो हस्तलेखन तथा चित्र मार्फत बोल्न नसक्ने कुराहरू चित्रको सहाराले हेर्न र देख्न सकिने भएकोले यसको धेरै महत्तो रहेको धारणा राख्नुभएको थियो। उनले भने आगामी दिनहरूमा यस क्रिएटिभ स्कुल ग्रुपले विद्यार्थीहरूको क्षमता विकासमा वडाको तर्फबाट गर्नुपर्ने सहयोग जारी रहने प्रतिबद्धता जनाउनु भएको छ।
त्यसैगरी माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल एवं प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले विद्यार्थीहरूको चौतर्फिक विकासका लागि योग क्रिएटिभ स्कुल ग्रुपले चित्रकला तथा राइटिङ अर्थात् हस्तकला प्रतियोगिता आयोजना गरेर विद्यार्थीहरूमा आफ्नो कला र क्षमतालाई प्रदर्शन गर्ने अवसर प्रदान गरेकोमा धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यस ग्रुपले शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलापहरूमा पनि उत्तिकै महत्वपूर्ण स्थान दिन सुझाव दिँदै आफूलाई पनि यस कार्यक्रममा अवसर प्रदान गर्नुभएकोमा आभारी व्यक्त गर्दै आगामी दिनहरूमा प्याब्सन संग सहकार्य र समन्वयको खाँचो परेको खण्डमा आफूले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
चित्रकला तथा हस्तकला प्रतियोगितामा कोसिस मावि अल्फाटेक model school विभूति एकेडेमी ग्रीनल्यान्ड मावि गरी चारवटा स्कुलका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। हस्तकला प्रतियोगितामा सिनियर प्रथम विभूति एकेडेमीका कक्षा सातमा अध्ययनरत सुनिता सराफ दोस्रो सोही विद्यालयका कक्षा ७ का नोमया गुप्ता तेस्रो ओसिस माभिका कक्षा ५ मा अध्ययनरत निरज चौधरी भएका थिए भने त्यसैगरी जुनियर हस्तकला प्रतियोगितामा अल्फाटेक मोडन स्कुलका कक्षा २ मा अध्ययनरत परी कुमारी दोस्रो विभूति एकेडेमीका कक्षा ३ मा अध्ययनरत बेबी सरार्फ तेस्रो ओसिस माविका कक्षा ३ का रीतिका चौधरी भएको निर्णायक मण्डल श्याम शाहले बताएका छन्! त्यसैगरी सिनियर चित्रकला प्रतियोगितामा प्रथम विभूति एकेडेमीका कक्षा ५ का प्रिया गुप्ता दोस्रो ओसिस माविका कक्षा ५ का पुनिता पटेल तेस्रो ग्रीनल्यान्ड माविका कक्षा ५ का प्रियासी कुमारी भएका हुन् भने त्यसैगरी जुनियर चित्रकला प्रतियोगितामा प्रथम ग्रीनल्यान्ड माविका कक्षा २ का म. सदिक हवारी दोस्रो अल्फाटेक मोडन स्कुलका कक्षा २ मा अध्ययनरत सन्ध्याराम त्यसैगरी सोही विद्यालयमा कक्षा २ मा अध्ययनरत प्रिया कुमारी भएको निर्णायक मण्डल शवेता गुप्ताले बताएकी छिन् विजेता उपविजेताहरूलाई प्रमाणपत्र मेडल तथा सिडले सम्मानित गरिएको अल्फाटेक मोडर्न स्कुलका संस्थापक एवं एन प्याप्सनका अध्यक्ष राम सुन्दर चौधरीले जानकारी दिनुभएको छ। कार्यक्रममा मिनील्यान्ड बोर्डिङ स्कुलका प्रिन्सिपल एवं प्याप्सन महानगर कोषाध्यक्ष सुरज बाबु पटेल विभूति एकेडेमीका होरिल शाह ग्रिनल्यान्ड माविका कृष्ण पण्डित अल्फाटे क मोडर्न स्कुलका बलिराम यादव विभूति एकेडेमीका चन्दन महत्तो greenland माविका महेश पण्डित ओसिस माविका रितेश शाह लगायतको उपस्थित रहेको अल्फा टेक मोडर्न स्कुलका सञ्चालक एवं एन प्याप्सनका पूर्व अध्यक्ष राम सुन्दर चौधरीले जानकारी दिनुभएको छ।
































COMMENTS