$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

त्रिभुवन राजमार्गअन्तर्गत सडक सीमा खाली गर्न सडक डिभिजन हेटौंडाको कडा चेतावनी

त्रिभुवन राजमार्गअन्तर्गत सडक सीमा खाली गर्न सडक डिभिजन हेटौंडाको कडा चेतावनी दिएको छ  वीरगञ्ज, असार २ गते। सडक डिभिजन कार्यालय हेटौंडाले त्...

त्रिभुवन राजमार्गअन्तर्गत सडक सीमा खाली गर्न सडक डिभिजन हेटौंडाको कडा चेतावनी दिएको छ 

वीरगञ्ज, असार २ गते। सडक डिभिजन कार्यालय हेटौंडाले त्रिभुवन राजमार्गअन्तर्गत पर्ने सडक सीमाभित्र रहेका संरचना तथा अतिक्रमण हटाउन सम्बन्धित पक्षलाई अन्तिम चेतावनी दिएको छ। कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै सडक सीमाभित्र रहेका भवन तथा संरचनाहरू पाँच दिनभित्र स्वेच्छाले हटाउन आग्रह गरेको हो।

सडक डिभिजन हेटौंडाद्वारा प्रकाशित सूचनाअनुसार त्रिभुवन राजमार्गको सिर्सिया पुलदेखि बहुअरी गण्डक चोकसम्मको सडक खण्डमा सडकको केन्द्र रेखाबाट दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रलाई सडक सीमा मानी संरक्षण कार्य सुरु गरिएको छ। उक्त कार्य २०८३ साल वैशाख ६ गतेदेखि प्रारम्भ गरिएको जनाइएको छ।

कार्यालयका अनुसार सडक सीमा संरक्षण कार्य सुरु भएपछि पनि केही व्यक्तिहरूले अतिक्रमित भवन तथा संरचनामा बसोबास र व्यापारिक गतिविधि सञ्चालन गरिरहेका छन्। यसले दुर्घटनाको जोखिम बढाउनुका साथै सडक विस्तार तथा संरक्षण कार्यमा समेत बाधा पुर्‍याएको बताइएको छ।

सडक डिभिजन कार्यालयले सडक सीमाभित्र रहेका जोखिमयुक्त भवन तथा संरचनामा बसोबास नगर्न तथा कुनै पनि प्रकारका व्यापार–व्यवसाय सञ्चालन नगर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ। साथै, उक्त सूचनाको अवज्ञा गरी कुनै अप्रिय घटना भए त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्ति स्वयंले व्यहोर्नुपर्ने चेतावनी पनि दिइएको छ।

कार्यालयले सडक सीमाभित्र बाँकी रहेका सम्पूर्ण संरचना पाँच दिनभित्र आफैं हटाउन आग्रह गर्दै अन्यथा सडक ऐन, २०३१ बमोजिम सडक सीमा संरक्षण अभियानअन्तर्गत डोजर प्रयोग गरी संरचना हटाइने जनाएको छ।

सडक डिभिजन हेटौंडाका डिभिजन प्रमुखद्वारा जारी सूचनाले सडक अतिक्रमण नियन्त्रण, सडक सुरक्षा अभिवृद्धि तथा भविष्यमा हुने सडक विस्तार कार्यलाई प्रभावकारी बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content