बीरगंज महानगरपालिका वडा नम्बर १० अशोक बाटिकामा रहेको royal kids montessori and dk center रोयल किड्स मन्टेश्वरी डिके सेन्टरका विद्यार्थीहरू...
बीरगंज महानगरपालिका वडा नम्बर १० अशोक बाटिकामा रहेको royal kids montessori and dk center रोयल किड्स मन्टेश्वरी डिके सेन्टरका विद्यार्थीहरूले विश्व वातावरणको दिवसको अवसरमा विभिन्न चित्रहरू प्रदर्शन गरेका थिए। मन्टश्वरीका बालबालिकाहरूले वातावरणबाट मानिसमा के कस्तो असरहरू पर्छ भन्ने विषयमा चित्रहरू मार्फत प्रदर्शन गरेका हुन्।
अहिले जलवायु परिवर्तनले मानिसहरूमा धेरै असर गरिरहेकोमा अब मानिसहरुले बोटबिरुवाहरु रोक्नुपर्छ र पर्यावरणलाई संरक्षण गर्नुपर्छ भन्ने सन्देशहरु उक्त चित्र मार्फत बालबालिकाहरुले प्रदर्शनमा देखाएका थिए मन्टेश्वरीमा अध्ययनरत शासन कलिला बालबालिकाहरूले उत्कृष्ट प्रदर्शन गरी भविष्यमा वातावरणलाई स्वच्छ बनाउन आफूहरुले के कस्ता उपायहरू अपनाउनुपर्छ भन्ने सन्देशहरु समेत उक्त चित्र प्रदर्शनीमा उल्लेख गरिएको थियो। विद्यालय स्तरबाट यस्ता वातावरण संरक्षणको बारेमा सानैबाट सिकाउन अति आवश्यक रहेकोले यो विश्व वातावरण दिवसको अवसरमा बालबालिकाहरूलाई चित्रकला मार्फत प्रदर्शनी गराउने काम भएको छ









COMMENTS