पर्सा जिल्लाको श्री मुखदेव सुशीला प्राविधिक माध्यमिक विद्यालय नगरपालिका वार्ड नं ८ रामनगरीमा रहेको उक्त विद्यालयका विद्यार्थीहरूलाई छात्रव...
पर्सा जिल्लाको श्री मुखदेव सुशीला प्राविधिक माध्यमिक विद्यालय नगरपालिका वार्ड नं ८ रामनगरीमा रहेको उक्त विद्यालयका विद्यार्थीहरूलाई छात्रवृति अन्तर्गत विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको छ। विद्यालयका संस्थापक तथा पूर्व विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) अध्यक्ष मुखदेव प्रसादको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयमा अध्ययनरत बालविकास कक्षादेखि कक्षा ५ सम्मका छात्र तथा छात्राहरूलाई शैक्षिक सत्र २०८२ को छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्राप्त पोशाक वितरण गरिएको छ।उक्त कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक उन्नयन तथा विद्यालयप्रतिको आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले पोशाक वितरण गरिएको हो।

यस अवसरमा विद्यार्थीहरूको सर्वाङ्गीण विकास तथा गुणस्तरीय शिक्षाका लागि निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता गरेको प्र.अ लक्ष्मी कान्त साहले जानकारी दिनु भएको छ प्र अ शाहले बताए अनुसार विद्यार्थीहरूको लागि आफूले हरपल पहल गर्दै आइरहेको र आगामी दिनहरूमा पनि गर्ने प्रतिबद्धता जनाउनुभएको छ। सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको चौतर्फिक विकासको लागि आफूले अहिले गुणस्तरीय शिक्षाको पहल समेत गरिरहेको र विद्यालयको अतिरिक्त क्रियाकलाप हरूमा समेत ध्यान दिने काम गर्दै आइरहेको प्र अ शाहले बताएका छन्
















COMMENTS