सविधान सभा सदस्य विचरी यादवको पहलमा बीरगञ्ज महानगरपालिका वडा नम्बर –२३ को प्रसौनी बिर्ता र सवैठवामा सडक ढलान कार्य शुरु भएको छ वीरगञ्ज, ...
सविधान सभा सदस्य विचरी यादवको पहलमा बीरगञ्ज महानगरपालिका वडा नम्बर –२३ को प्रसौनी बिर्ता र सवैठवामा सडक ढलान कार्य शुरु भएको छ वीरगञ्ज, असार ३०। वीरगञ्ज महानगरपालिका वडा नम्बर–२३ अन्तर्गत प्रसौनी बिर्ताको नयाँ बस्ती तथा सवैठवा टोलमा मंगलबारदेखि सडक ढलान कार्य सुरु भएको छ। दुवै सडकको शिलान्यास संविधानसभा सदस्य तथा नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवले गरेका हुन्।प्रसौनी बिर्तास्थित नयाँ बस्तीमा माउन्ट हर्मन स्कुलदेखि दक्षिणतर्फ नारायण बढईको घर हुँदै शम्भु ठाकुरको घरसम्म निर्माण हुन लागेको २०० मिटर लामो तथा १० फिट चौडा सडकमा ढलान कार्य सुरु गरिएको हो।त्यसैगरी सवैठवास्थित मुख्य सडकदेखि पश्चिमतर्फ रहेको ब्रम्हबाबा मन्दिरसम्मको १७६ मिटर लामो तथा १२ फिट चौडा सडकमा पनि ढलान कार्यको शुभारम्भ गरिएको छ।

बिचारी यादवका अनुसार पूर्वाधार विकास कार्यालयमार्फत निर्माण हुन लागेको दुवै सडकको ढलान कार्य एक साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
उनले सडक निर्माण सम्पन्न भएपछि प्रसौनी बिर्ताको नयाँ बस्तीमा बसोबास गर्ने स्थानीयवासी तथा सवैठवास्थित ब्रम्हबाबा मन्दिरमा पूजा–पाठका लागि आउने भक्तजनसहित एक दर्जनभन्दा बढी परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने बताए।
स्थानीयवासीले लामो समयदेखि भोग्दै आएको आवतजावतको समस्या समाधान हुनुका साथै वर्षायाममा हुने हिलो तथा सवारी सञ्चालनमा देखिने कठिनाइसमेत हट्ने विश्वास व्यक्त गरेका छन्। सडक निर्माण कार्य सुरु भएकोमा स्थानीयले खुसी व्यक्त गर्दै निर्धारित समयमै काम सम्पन्न हुने अपेक्षा गरेका छन्।




COMMENTS