सो अवसरमा अध्यक्षले हाम्रो देश को सबै भन्दा ठूलो समस्या भनेकै रोजगार नै रहेको छ ,देशमा भने जस्तो जस्तो चाहे रोजगार उपलब्ध गराउन नसकिएको विषम समयमा हामिले यो अवसर जुराएका हौ जसले हाम्रा युवाहरुलाइ मार्गदर्शन गर्दै रोजगार उपलब्ध गराउनु नै हो भन्दै सम्पुर्णलाई यो रोजगार मेलालाइ भव्य रुपमा सफल बनाइदिन आग्रह गर्दै स्वागत गरेका थिए ।
सो अवसरमा उधोग वाणिज्य संघका सहसचिव एवं कार्यक्रमका संयोजक अनुप अग्रवालले रोजगार त्यसमा पनि दक्ष रोजगार बनाउन संघले विभिन्न समय भिन्न स्वरोजगार लगायतको कार्यक्रमको आयोजना गरि रोजगार उपलब्ध गराउदै आएको बताउदै सोही उद्देश्यले नै अबको रोजगार मेलामा अन्तरास्ट्रिय श्रम संगठन नेपाल लगायत को सहयोगमा विस्तृत रुपमा रोजगार मेलाको आयोजन गर्ने जमर्को गरेका छौ जसले मधेश प्रदेश ,देश र अन्तर्राष्ट्रिय स्तरमा रोजगारी वृद्धि हुने रोजगार पाउने र रोजगारदाता लाई पनि सहज ह्ने बताउदै मेलामा सकृय रुपमा , व्यापक सहभागिता जनाइ सफल बनाउन हार्दिक आग्रह गरेका थिए ।
सो अवसरमा वक्ताहरुले उद्योग, व्यापार, सेवा, यातायात र प्राविधिक क्षेत्रमा दक्ष जनशक्तिको माग धेरै छ, तर आवश्यक सीप र कार्य अनुशासन भएका जनशक्ति पाउन गाह्रो छ। युवाहरू, खासगरी महिला र विपन्न समूहलाई भरपर्दो श्रम बजार सूचना, करियर परामर्श र रोजगारीको अवसर पाउन कठिन रहेकोमा रोजगारदाता, तालिम प्रदायक संस्था र रोजगार सेवा केन्द्रबीच प्रभावकारी समन्वय छैन। धेरै कम्पनीहरू सार्वजनिक सूचना नगरी सिधै भर्ती गर्छन्।
मेलामा रोजगारदाता, रोजगार खोज्ने व्यक्ति, तालिम प्रदायक संस्था र सरोकारवाला सबै एकै ठाउँमा हुनेछन् जस्मा रिक्त पदहरूको जानकारी र आवेदन, उम्मेदवार छनोट तथा मूल्यांकन ,करियर परामर्श र रोजगार मिलान सेवा, आवश्यक अनुसार तालिमका लागि सिफारिस गरिने बताइएको छ ।
अन्तर्राष्ट्रिय श्रम संगठन नेपालको रोजगार सेवा केन्द्रको सहयोगमा, वीरगंज महानगरपालिका, Leadership Development Institute र HR Society Nepal - मधेश च्याप्टरको सहकार्यमा मेला हुनेछ।
मधेशमा काम खोज्दै हुनुहुन्छ वा दक्ष जनशक्ति चाहिएको छ भने यो मेलाले सीधा जोड्ने काम गर्नेछर रोजगार मेलामा सहभागी रोजगारदाता संस्थाहरु ,उपलब्ध रोजगारीका अवसरहरु तथा दर्ता प्रक्रिया सम्बन्धि विस्तृत जानकारी निकट भविस्यमा सार्वजनिक गरिने जानकारी दिइएको थियो ।
सो प्रेस सम्मेलन कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष मानव राजपालले धन्यवाद मन्तव्य दिदै हामिले रोजगार सम्बन्धमा बिगत केही वर्ष देखि निरन्तरत रुपमा कृयाशिल रहि विभिन्न रोजगारका अवसरहरु सिर्जना गरि रोजगार उपलब्ध गराउदै आएको सर्वबिदितै रहेको र अबको २१ गते आयोजना हुने रोजगार मेला त्यसैको निरन्तरता भएको बताउदै सम्पूर्णलाई आवश्यक सहयोग गरि समाजबाट बेरोजगारी कम गर्न आग्रह गरेका थिए भने मनोज उपाध्यायले सहजीकरण गरेका थिए

COMMENTS