पर्सा जिल्लाको पर्सागढी नगरपालिका वार्ड नं ५ मा एक कार्यक्रमबिच विधार्थीहरुलाइ ४५ दिने कम्प्युटर तालिम समापन भएको छ। यु डि बाइ सेफ कम्प्युटर एजुकेशन बीरगंजको आयोजना र पर्सागढि नगरपालिका ५ न. वडा कार्यालयको सहयोगमा संचालित तालिमको आज समापन कार्यक्रम वडा अध्यक्ष नितेश मिश्राको अध्यक्षता तथा प्रमुख अतिथि प्रमुख प्रशासकिय अधिकृत राजु प्रसाद साहको आतिथ्यमा प्रमाण पत्र बितरण गरी समापन भएको हो।
वडाका बिधार्थीहरु एस इ इ परिक्षा दिएर बसेका बिद्यार्थीहरुलाइ क्षमता विकास संगै प्राबिधिक तथा आ टि शिक्षाको महत्वबारे प्रमुख अतिथी साहले सहभागीहरुलाइ बताउनुभयो। कम्प्युटर सम्पुर्ण निकायमा चाहिने भएकोले तालिम सीपबाट सिकेका सीप व्यपार ब्यबसाय तथा अन्य रोजगार क्षेत्रमा सदुपयोग गर्न वडा अध्यक्ष नितेश मिश्राले बताउनुभयो ।तालिम समापन समारोहमा अमित चौधरी,पुर्ण कुमार श्रेष्ठ प्रशिक्षक बंशीधर गुप्ता,सहायक मनोज ठाकुर लगायत तालिममा २५ जना विधार्थीहरुको उपस्थिती रहेको थियो।









COMMENTS