असार ११ गते,बिहिबार बीरगंज महानगरपालिका १८ न.वडाका युवा युवतिहरुको लागी ४५दिने कम्प्युटर एकाउन्टिङ (लेखा)तालिम समापन भएको छ। यु डि बाइ स...
असार ११ गते,बिहिबार
बीरगंज महानगरपालिका १८ न.वडाका युवा युवतिहरुको लागी ४५दिने कम्प्युटर एकाउन्टिङ (लेखा)तालिम समापन भएको छ।
यु डि बाइ सेफ कम्प्युटर एजुकेशनको आयोजना र बिरगंज महानगरपालिका १८ न. वडा कार्यालयको सहयोगमा तालिम समापन समारोहका प्रमुख अतिथि वडा अध्यक्ष उमाशंकर तिवारीले आफ्नो वडाका युवा पुरुष तथा महिलाहरुलाई आत्मनिर्भर बनाउन तथा क्षमता विकास गरि उधमी ब्यबसाय वा रोजगारमा जोड्ने उदेश्यले तालिम आयोजना गरेको वडा अध्यक्ष तिवारीले बताउनुभयो।
कम्प्युटर सीपको महत्व सम्पुर्ण निकायमा अहिले चाहिने भएकोले तालिम सीपबाट सिकेको गुण ब्यबहार र ब्यबसायमा उपयोग गर्ने वडा सचिव बिनोद प्रसाद यादवले बताउनुभयो।तालिम समापन समारोहमा वडा सदस्य किशोरी मह्तो धानुक ,सुशील कुमार दत्त प्रशिक्षक बंशीधर गुप्ता,अभिजित चौधरी,आदित्य शर्मा ,पत्रकार जगत राई लगायत तालिममा २५ जनाको सहभागीहरुको उपस्थिती रहेको थियो।




















COMMENTS