नेपाल चिकित्सक संघको आपत्ति, कारबाहीको चेतावनी
वीरगञ्ज, वीरगञ्ज, असार संघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा पछिल्लो समय केही सञ्चारमाध्यममा स्वास्थ्य सेवामा समर्पित चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सामाजिक एवं व्यावसायिक प्रतिष्ठामाथि आघात पुर्याउने नियतका समाचारहरू प्रकाशन भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। १ — नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पताल र त्यहाँ कार्यरत चिकित्सकहरूमाथि लक्षित गरी प्रकाशित भएको समाचारप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई भ्रामक, आधारहीन तथा चरित्रहत्या गर्ने उद्देश्यले प्रकाशित गरिएको आरोप लगाएको छ। असार संघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा पछिल्लो समय केही सञ्चारमाध्यममा स्वास्थ्य सेवामा समर्पित चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सामाजिक एवं व्यावसायिक प्रतिष्ठामाथि आघात पुर्याउने नियतका समाचारहरू प्रकाशन भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। १ — नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पताल र त्यहाँ कार्यरत चिकित्सकहरूमाथि लक्षित गरी प्रकाशित भएको समाचारप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई भ्रामक, आधारहीन तथा चरित्रहत्या गर्ने उद्देश्यले प्रकाशित गरिएको आरोप लगाएको छ।
संघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा पछिल्लो समय केही सञ्चारमाध्यममा स्वास्थ्य सेवामा समर्पित चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सामाजिक एवं व्यावसायिक प्रतिष्ठामाथि आघात पुर्याउने नियतका समाचारहरू प्रकाशन भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विशेषगरी जेठ २८ गते ‘आर्थिक दैनिक’ नामक अनलाइन पोर्टलमा प्रकाशित “नारायणी अस्पतालमा उपचारभन्दा बढी भ्रष्टाचार” शीर्षकको समाचारप्रति संघले आपत्ति, भर्त्सना तथा निन्दा व्यक्त गरेको छ। उक्त समाचार ‘यलो जर्नालिज्म’ बाट प्रेरित रहेको दाबी गर्दै संघले त्यसमा नारायणी शाखाका पूर्वसचिव डा. उदय नारायण सिंह, कार्यकारिणी सदस्य डा. दीपक कुमार चौरसिया, डा. कृष्ण साह, डा. आशुतोष झा, डा. इजाज खान लगायतका चिकित्सकहरूको नाम जोडेर तथ्यहीन, पूर्वाग्रही र आधारविहीन आरोप लगाइएको जनाएको छ।
विज्ञप्तिमा पत्रकारिताको न्यूनतम मूल्य, मान्यता, मर्यादा र आचारसंहितालाई बेवास्ता गर्दै सम्बन्धित पक्ष तथा अस्पताल प्रशासनसँग सत्यतथ्य जाँच (क्रस–भेरिफाइ) नगरी नियोजित रूपमा चिकित्सकहरूको चरित्रहत्या गर्ने तथा समाजमा भ्रम फैलाउने उद्देश्यले समाचार सम्प्रेषण गरिएको उल्लेख गरिएको छ।
संघले नारायणी अस्पताल प्रशासनले समेत जेठ २८ गते नै जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त समाचारमा उठाइएका विषयहरू निराधार, अपूर्ण तथा व्यक्तिगत रिसइबीका कारण प्रेरित भएको स्पष्ट पारेको स्मरण गराएको छ। कोभिड महामारी, डेंगु लगायतका स्वास्थ्य संकटका बेला समेत निरन्तर सेवा प्रदान गरिरहेका चिकित्सकहरूमाथि प्रमाणविना आरोप लगाउनु स्वास्थ्य सेवा प्रवाहमै नकारात्मक असर पार्ने कार्य भएको संघको भनाइ छ।
नेपाल चिकित्सक संघ, नारायणी शाखाले आफ्ना सम्पूर्ण सदस्य चिकित्सकहरूको साथमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गर्दै सम्बन्धित सञ्चारमाध्यम र पत्रकारलाई उक्त भ्रामक तथा प्रायोजित समाचार तत्काल हटाई सत्यतथ्यसहित सार्वजनिक रूपमा क्षमायाचना गर्न माग गरेको छ।
संघले २४ घण्टाभित्र समाचार सच्याई सार्वजनिक क्षमायाचना नगरिए चिकित्सकहरूको न्याय, स्वाभिमान र पेशागत सुरक्षाका लागि प्रेस काउन्सिल नेपाल, साइबर ब्युरो तथा प्रचलित कानुनअनुसार कानुनी उपचारको प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ। साथै आवश्यक परे थप आन्दोलनका कार्यक्रमसमेत सञ्चालन गर्न बाध्य हुने जनाएको छ।
विज्ञप्तिको अन्त्यमा संघले आम नागरिक, बिरामी तथा सरोकारवालाहरूलाई यस्ता प्रायोजित, भ्रामक र पक्षपातपूर्ण समाचारको भ्रममा नपर्न आग्रह गर्दै सत्य र तथ्यमा आधारित सूचनालाई मात्र विश्वास गर्न अपिल गरेको छ।
नेपाल चिकित्सक संघ, नारायणी शाखाका महासचिव डा. अजय कुमार यादवद्वारा हस्ताक्षरित उक्त विज्ञप्ति असार १ गते जारी गरिएको हो।



COMMENTS