सामाजिक सुरक्षा कोष तथा कर प्रणालीबारे
प्याप्सनसँग आबद्ध सञ्चालक प्रिन्सिपल डाइरेक्टर अभिमुखीकरण कार्यक्रम सम्पन्न
वीरगञ्ज, असार ७ – निजी आवासीय तथा विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सन सँग आबद्ध भएका विद्यालयका डाइरेक्टर सञ्चालक प्रिन्सिपलहरूलाई सामाजिक सुरक्षा कोष तथा कर प्रणाली सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले आयोजित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सामाजिक सुरक्षा कोषसम्बन्धी विषयमा Bishnu Pukar Shrestha ले सहजीकरण गर्दै सामाजिक सुरक्षा कोषको महत्व, श्रमिक तथा रोजगारदाताले प्राप्त गर्ने सुविधा, योगदानको प्रक्रिया तथा कोषमा आबद्ध हुँदा हुने फाइदाबारे जानकारी गराएका थिए।त्यसैगरी, कर प्रणाली (कराधान) सम्बन्धी सत्रमा Sandeep Rauniyar ले नेपालको विद्यमान कर प्रणाली, आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), करदाताको दायित्व तथा करसम्बन्धी कानुनी व्यवस्थाबारे सहभागीहरूलाई जानकारी दिएका थिए।
कार्यक्रममा सहभागीहरूले सामाजिक सुरक्षा कोष र कर प्रणालीसम्बन्धी जिज्ञासा राखेका थिए भने वक्ताहरूले ती जिज्ञासाको समाधान गरेका थिए। कार्यक्रमले सहभागीहरूलाई वित्तीय तथा कानुनी विषयमा थप सचेत र जानकारी गराउने उद्देश्यले प्याप्सनसँग आबद्ध भएका विद्यालयहरूका सञ्चालक डाइरेक्टर एवं प्रिन्सिपलहरूलाई सो कार्यक्रमको आयोजना गरिएको प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले जानकारी दिएका छन्।





COMMENTS