कुनै पनि समाचार प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित पक्षसँग प्रतिक्रिया लिनुपर्ने सामान्य पत्रकारिताको मर्मसमेत पालना नगरिएको भन्दै अस्प...
कुनै पनि समाचार प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित पक्षसँग प्रतिक्रिया लिनुपर्ने सामान्य पत्रकारिताको मर्मसमेत पालना नगरिएको भन्दै अस्पतालले असन्तुष्टि जनाएको छ। अस्पतालले उक्त समाचारबाट अस्पताल तथा इमानदार चिकित्सकहरूको चरित्रहत्या गर्ने प्रयास भएको दाबी गर्दै आवश्यक परे सम्बन्धित निकायमा कानुनी उपचार खोज्ने चेतावनी दिएको छ।
नारायणी अस्पतालले स्वास्थ्य सेवा प्रवाहलाई अझ प्रभावकारी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउन आफूहरू प्रतिबद्ध रहेको दोहोर्याउँदै गलत सूचना र अफवाहको पछि नलाग्न आम नागरिकसँग आग्रह गरेको छ।

COMMENTS