$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

लागू औषध सेवनकर्ता खोजी एवं सुधार महा अभियानमानेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीहरूलाई प्रशिक्षण कार्यक्रम सम्पन्न

 लागू औषध सेवनकर्ता खोजी एवं सुधार महा अभियान  २०८३  बारेमा नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीहरूलाई प्रशि...




 लागू औषध सेवनकर्ता खोजी एवं सुधार महा अभियान  २०८३  बारेमा नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीहरूलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ  !!

 समुदाय प्रहरी  साझेदारी कार्यक्रम अन्तर्गत श्री नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालयमा मंगलबार  लागू औसत सेवनकर्ता एवं सुधार महा अभियान २०८३ कार्यक्रममा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई  प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर ११ का अध्यक्ष राम  सरार्फको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका सहायक प्रहरी निरीक्षक रुपेश प्रसाद कुशवाहाले विद्यार्थीहरूलाई लागू औसत सेवन तथा मदिरा सेवनले घरपरिवारदेखि समाज एवं आफ्नो जीवन नै बिग्रन सक्ने भएकोले यसबाट सचेत हुन जरुरी रहेको बताउनुभएको थियो। 



अहिलेका युवाहरुले धेरै जसो जाँड रक्सी चुरोट तथा लागू औषध सेवन गरिरहेकोले बेलामा नै यसबाट सचेत रहन विद्यार्थीहरूमा आग्रह गर्नुभएको थियो।  सेवन गर्नाले  आफ्नो मानसिक सन्तुलन गुम्नुका साथै आर्थिक क्षति हुने र सबैलाई तनाव गर्ने भएकोले यसले अन्त्यमा मृत्युको मुखमा पुर्‍याउने भएकोले बेलामै यसबाट बच्न सके धेरै राम्रो हुने सुझाव दिनुभएको छ। कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुरका ११ का वरिष्ठ उपाध्यक्ष जयलाल शाह सचिव दिलिप प्रधान सहायक प्रिन्सिपल शाह सामुदायिक प्रहरी सेवा केन्द्रका इन्चार् ज विश्वेश्वर प्रसाद शाह प्रहरी जवान धनमाया दाहाल सदस्यहरू विपिन उपाध्याय मधु सिंह  सहायक प्रहरी हवल्दार सुरेन्द्र यादव र कक्षा १० का विद्यार्थीहरू एवं शिक्षक शिक्षिकाहरू लगायतको उपस्थिति रहेको सामुदायिक सेवा केन्द्रका सचिव दिलीप प्रधानले जानकारी दिनुभएको छ।



 कार्यक्रमको समापन समारोहमा अध्यक्ष राम सराफले  विद्यार्थीहरूलाई लागू औषध सेवनबाट टाढा रहन र यसबाट आफ्नो जीवनमा धेरै समस्याहरु आउन सक्ने भएकोले सचेत रहन आग्रह गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण सदस्य एवं पत्रकार जगत राईले गर्नुभएको थियो।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content