$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

गौतम माध्यमिक विद्यालयमा विद्यार्थी उपलब्धि सम्मान समारोह भव्य रूपमा सम्पन्न

गौतम माध्यमिक विद्यालयमा विद्यार्थी उपलब्धि सम्मान समारोह भव्य रूपमा सम्पन्न भएको छ गौतम माध्यमिक विद्यालयमा गत शैक्षिक वर्षका उत्कृष्ट विद्...






गौतम माध्यमिक विद्यालयमा विद्यार्थी उपलब्धि सम्मान समारोह भव्य रूपमा सम्पन्न भएको छ गौतम माध्यमिक विद्यालयमा गत शैक्षिक वर्षका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले आयोजित ‘विद्यार्थी उपलब्धि सम्मान समारोह’ भव्यताका साथ सम्पन्न भएको छ।कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। विद्यालयका अनुसार उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई प्रशंसापत्रसहित छात्रवृत्ति प्रदान गरी थप अध्ययनका लागि प्रोत्साहन गरिएको थियो।

समारोहको अध्यक्षता पिया लामाले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा डा. सफ्रोज अन्सारी तथा विशेष अतिथिका रूपमा सोनम लामा सहभागी हुनुभएको थियो। अतिथिहरूले विद्यार्थीहरूको मेहनत, लगनशीलता र अनुशासनको प्रशंसा गर्दै भविष्यमा अझ उत्कृष्ट नतिजा हासिल गर्न शुभकामना व्यक्त गर्नुभयो।उहाँहरूले शिक्षाले व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उल्लेख गर्दै निरन्तर अध्ययन, सिर्जनशीलता र आत्मविश्वासका साथ अगाडि बढ्न विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो।कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मानित विद्यार्थीहरूले प्राप्त सम्मान र छात्रवृत्तिले आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्न प्रेरणा मिलेको बताएका थिए।


विद्यालय प्रशासनले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना, आत्मविश्वास तथा शैक्षिक उत्कृष्टता हासिल गर्ने प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त  गरेका थिए गौतम माध्यमिक विद्यालयमा डाइरेक्टर  सोनम लामाले विद्यार्थी हरुको उपलब्धिका लागि आफूले  हर प्रयास जारी राख्ने बताएका छन्।  विद्यार्थीहरूलाई सम्मान गर्ने परिपाटी गर्नाले उनीहरूको हौसला बढ्नुका साथै अभिभावकहरूमा पनि प्रेरणा आउने भएकोले आज एक समारोह बिच भव्य रूपमा सम्मान गरिएको बताएका छन्।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content