आधुनिक र सुविधा सम्पन्न इ- रिक्सा आजदेखि सञ्चालनमा आएको कुशवाहा मोटर्स सञ्चालक बलेराम प्रसाद कुसुहाले बताएका छन् आज एक विशेष समारोहको बीच...
आधुनिक र सुविधा सम्पन्न इ- रिक्सा आजदेखि सञ्चालनमा आएको कुशवाहा मोटर्स सञ्चालक बलेराम प्रसाद कुसुहाले बताएका छन् आज एक विशेष समारोहको बीच वीरगंजमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको कुशवाहा मोटर्स नयाँ स्थानमा स्थानान्तरण गरी कार्यालयको उद्घाटन गरेर सेवा शुरु गरेको छ। यसअघि त्रिमूर्ति चोकबाट बिक्री बितरण तथा सेवा प्रदान गर्दै आएको मोटर्स अब सो स्थानबाट करिब २०० मिटर उत्तरतर्फ मुख्य सडकमा सरेको हो।नयाँ स्थानबाट सेवा शुभारम्भको अवसरमा बुधबार विधिपूर्वक पूजा सम्पन्न गरिएको थियो। इलेक्ट्रिक रिक्सा तथा लोडर बिक्री गर्दै आएको कुशवाहा मोटर्सका सञ्चालक बलिराम कुशवाहाले नयाँ स्थानबाट ग्राहकलाई अझ सहज र प्रभावकारी सेवा प्रदान गरिने बताए।
कुशवाहा मोटर्सले विगत एक दशकभन्दा बढी समयदेखि वीरगञ्ज क्षेत्रमा इलेक्ट्रिक सवारीसाधनको बिक्री तथा सेवा प्रदान गर्दै आएको छ। विगतमा इरिक्साको बिक्री वितरण गर्न धेरै समस्या रहेकोमा अहिले धेरै सजिलो भएकोले आफूहरुले पनि सोही अनुसारको सुविधा सम्पन्न र भरपर्दो सेवा प्रदान गर्न सक्षम भएको बताएका छन्। उनले बताए अनुसार छ महिनादेखि तीन वर्षसम्मको वारेन्टी र ग्यारेन्टी दिने व्यवस्था गर्नुका साथै रु ५० हजार देखि किस्ताबन्दीमा इसिक्साहरु उपलब्ध गराउने गरेको सञ्चालक कुसोहाले बताएका हुन्। उद्घाटन समारोहमा कुशवाहा मोटर्सका डाइरेक्टर धुर्वा महत्तो सीतादेवी श्रीराम कुशवाहा जयराम कुशवाहा तथा विभिन्न शुभचिन्तकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।















COMMENTS