सरकारले शिक्षक सरुवा प्रक्रियामा कडाइ गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीले देशभरका शिक्षा विकास तथा समन्वय इकाइ र सबै स्...
सरकारले शिक्षक सरुवा प्रक्रियामा कडाइ गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीले देशभरका शिक्षा विकास तथा समन्वय इकाइ र सबै स्थानीय तहलाई परिपत्र जारी गर्दै शिक्षक सरुवामा नयाँ सर्तहरू लागू गर्न निर्देशन दिएको हो।
केन्द्रले जारी गरेको नयाँ निर्देशनअनुसार अबदेखि शिक्षक सेवा आयोगमा स्थायी पदपूर्तिका लागि माग गरिएका पदहरूमा कुनै पनि प्रकारको सरुवा गर्न पाइने छैन। परिपत्रमा स्पष्ट भनिएको छ, ‘स्थायी पदपूर्तिको लागि शिक्षक सेवा आयोगमा माग गरिएको पदमा जिल्लान्तर तथा अन्तर-स्थानीय तह सरुवा गरी पदपूर्ति नगर्नू।’त्यस्तै, केन्द्रले दरबन्दी कटौतीमा परी ‘खुद पुल’ मा रहेका शिक्षक दरबन्दीमा पनि सरुवा नगर्न निर्देशन दिएको छ। बढुवाको प्रक्रियामा रहेका शिक्षकहरूका लागि पनि नयाँ नियम लागू गरिएको छ। ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाका लागि आवेदन दिएका सम्भाव्य उम्मेदवारहरूको हकमा, बढुवाको अन्तिम नतिजा सार्वजनिक नभएसम्म सरुवाका लागि सहमति नदिन निर्देशन दिइएको छ।केन्द्रको यो निर्णयसँगै शिक्षक सेवा आयोगको विज्ञापनमा परेका पदहरू र बढुवाको पर्खाइमा रहेका शिक्षकहरूको सरुवा प्रक्रिया तत्कालका लागि प्रभावित हुने भएको छ।

COMMENTS