प्याप्सन महानगर अध्यक्ष एवं माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल राहुलद्वारा क्रियाशील युवा पत्रकार मञ्चका अध्यक्ष पटेल र महासचिव साह सम...
प्याप्सन महानगर अध्यक्ष एवं माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल राहुलद्वारा क्रियाशील युवा पत्रकार मञ्चका अध्यक्ष पटेल र महासचिव साह सम्मानित भएका छन्!प्याप्सन महानगर अध्यक्ष एवं माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल राहुल श्रीवास्तवले आज एक समारोहको बीच क्रियाशील युवा पत्रकार मञ्च पर्साका अध्यक्ष नवनिर्वाचित आनन्द पटेल र महासचिव राकेश साहलाई सम्मानित गरेको छ। नवनिर्वाचित अध्यक्ष पटेल र महासचिव साहलाई दोसल्ला अढाई सम्मानित गरिएको प्याप्सन महानगर अध्यक्ष श्रीवास्तवले बताएका छन्। नवनिर्वाचित अध्यक्ष पटेल र महासचिव साहको कार्यकाल सफलताको शुभकामना एवं हार्दिक बधाई ज्ञापन समेत गर्नुभएको थियो। नवनिर्वाचित अध्यक्ष पटेल र साहले प्याप्सन महानगरले सम्मानित गरेकोमा आफूहरू आभारी भएको भन्दै आगामी दिनहरूमा मञ्चको तर्फबाट गर्नुपर्ने सहयोग र जिम्मेवारी पूर्ण रुपले समर्थन र साथ दिने प्रतिबद्धता जनाएका थिए। आगामी दिनहरूमा प्याप्सन महानगरसँग सहकार्य र समन्वय गरेर मञ्च अगाडि बढ्ने भएकोले सोका लागि आफूहरुले गर्नुपर्ने कर्तव्य र जिम्मेवारी सधैँ सम्झिरहने उद्घोष समेत गरेका हुन! नवनिर्वाचित अध्यक्ष पटेल र महासचिव साहलाई मञ्चले सधैंभरि जनताको हितका निम्ति कलम चलाउन र सत्यको पक्षमा समाचार सम्प्रेक्षण गरेर उजागर गर्न सुझाव समेत अध्यक्ष श्रीवास्तवले दिएका छन्! मञ्चले प्याप्सन महानगरलाई आगामी दिनमा समस्या परेको बेलामा सहयोग र समन्वय गरी अगाडि बढाउनमा मद्दत पुर्याउने विश्वास र आशा लिएको अध्यक्ष श्रीवास्तवले सो सम्मान कार्यक्रममा बताउनुभएको थियो।


COMMENTS