सरकारले निजी विद्यालयलाई सौताको व्यवहार गरेको प्याप्सन अध्यक्ष चौधरीको भनाइ! निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन जिल्ला का...
सरकारले निजी विद्यालयलाई सौताको व्यवहार गरेको प्याप्सन अध्यक्ष चौधरीको भनाइ! निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष एवं साउथजोन माध्यमिक विद्यालयका प्रिन्सिपल सरोजप्रसाद चौधरीले आर्थिक वर्ष को २०८३/८४ को बजेटमा निजी सौताको व्यवहार गरेको आरोप लगाएका छन्। निजी विद्यालयहरूलाई सहुलियत दिनुको सट्टा उल्टै समताशुल्कको नाममा ३% कर लगाएर अभिभावकहरू माथि कर थप्ने काम गरेको आरोप लगाएका छन्। उनले भने निजी विद्यालयहरूले देशभरिबाट करिब ४ लाखभन्दा धेरै प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी दिने काम गरिरहेकोमा यसबाट सरकारलाई गुणस्तरीय शिक्षामा प्रत्यक्ष रुपमा सहयोग गरेकाले प्रोत्साहन स्वरूप केही प्याकेजहरु दिन्छ कि भन्ने आफूहरुलाई आशा लागेको थियो तर उल्टै निजी विद्यालयका सञ्चालकहरु र अभिभावकहरुलाई ३% समता शुल्क नाममा दूरी बढाउने काम गरकोमा निजी विद्यालयहरूको छाता संगठन प्याप्सनले यस विषयमा गम्भीर छलफल तथा परामर्श गरिरहेको जानकारी समेत अध्यक्ष चौधरीले दिनुभएको छ यो सरकारको अव्यवहारिक र अदुरदर्शीका कारण निजी विद्यालयहरूले करिब २७ लाखको हाराहारीमा विद्यार्थीहरू र अभिभावकहरूलाई असर पार्ने काम यो समता शुल्कको नाममा कर लागू गरेर दुःख दिने काम गरेको उनले बताएका हुन्। निजी विद्यालयहरूले सरकारलाई शुल्क बुझाउने गरेको भएता पनि अहिलेको आर्थिक वर्ष २०८३/८४ को बजेटमा यो सरकारले यस्तो नीति ल्याउनुले समग्र रुपमा निजी विद्यालयहरू माथि सौताको व्यवहार देखाउन खोजेको आफूहरूलाई भान भएको बताए निजी विद्यालयहरूले १०% विभिन्न सहित अपाङ्ग जेहेन्दार दलित अल्पसंख्यक सहिदहरूलाई छात्रवृत्ति दिनुका साथै विद्यालयको तर्फबाट उत्कृष्ट भएका हरेक क्षेत्रका विद्यार्थीहरूलाई शुल्का छुट दिने गरेको प्याप्सन अध्यक्ष एवं प्रिन्सिपल चौधरीको भनाइ रहेको छ। निजी विद्यालयहरूले विद्यार्थीहरूको सार्वीगिक विकासका लागि हुने खानेहरूको लागि मात्र निजी विद्यालयहरू नभएको सामान्य आयस्रोत भएका अभिभावकहरूले पनि आफ्ना बालबालिकाहरूलाई निजी विद्यालयहरूमा अध्यापन गराउँदै आइरहेको र उनीहरूको आयस्रोत हेरेर विद्यालयले पठनपाठनमा शुल्क मिना गर्ने व्यवस्था गरिरहेको अवस्थामा निजी विद्यालयहरू अब कसरी अगाडि बढाउने भन्ने विषयमा आफूहरू परामर्श गरिरहेको प्रिन्सिपल एवं प्याप्सन अध्यक्ष चौधरीको भनाइ रहेको छ! त्यसैगरी माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल एवं प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले यो सरकारले निजी विद्यालयहरूलाई तीन प्रतिशत कर लागेकोमा यो अव्यवहारिक र अमानवीय रहेकोले सच्याउन आग्रह गरेका छन्। निजी विद्यालयहरू कर लगाउनु भनेको अभिभावकमाथि कर थुपार्नु हो भनेर बताएका छन्! त्यसैगरी sunsin boarding school सञ्चालक एवं प्याप्सन महानगर सचिव अमित आलोकले यो सरकारले ल्याउन लागेको आर्थिक वर्ष ८३ /८४ को बजेटमा निजी विद्यालयहरूबाट ३% कर थप गर्नु अभिभावकहरूलाई थुपार्नु हो यसको प्रत्यक्ष असर अभिभावकलाई पर्ने भएकोले अभिलम्ब सच्याउन माग समेत हामी गर्दछौं भनेर सचिव आलोकले बताएका छन्



COMMENTS