$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

वीरगञ्ज चिनी कारखाना र जनकपुर चुरोट कारखाना बन्द औद्योगिक प्रतिष्ठान पुनः सञ्चालन गर्न रुस तयार

नेपालका लागि रुसी महासंघका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोविच सुरोभत्सेभले वीरगञ्ज चिनी कारखाना र जनकपुर चुरोट कारखाना लगायतका बन्द औद्योगि...


नेपालका लागि रुसी महासंघका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोविच सुरोभत्सेभले वीरगञ्ज चिनी कारखाना र जनकपुर चुरोट कारखाना लगायतका बन्द औद्योगिक प्रतिष्ठान पुनः सञ्चालन गर्न रुस तयार रहेको बताउनुभएको छ।

बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग भएको शिष्टाचार भेटवार्ताका क्रममा राजदूत सुरोभत्सेभले नेपाल सरकारबाट औपचारिक अनुरोधसहित आवश्यक सूची प्राप्त भएमा ती उद्योगहरूलाई पुनः सञ्चालन योग्य बनाउन रुसी पक्षले सहयोग गर्न सक्ने धारणा राख्नुभएको हो।

भेटवार्तामा नेपाल–रुस सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो। उपराष्ट्रपति यादवले सन् १९५६ देखि नेपाल र रुसबीच कायम मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै यस वर्ष कूटनीतिक सम्बन्धको ७०औँ वर्ष पूरा हुन लागेको उल्लेख गर्नुभयो। उहाँले सोभियत संघ कालदेखि मानव संसाधन विकास, पर्यटन, उद्योग तथा यातायात पूर्वाधार निर्माणमा रुसले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो।

राजदूत सुरोभत्सेभले जलविद्युत, कृषि, चिकित्सा तथा भौतिक पूर्वाधारका क्षेत्रमा नेपालसँग सहकार्य विस्तार गर्न रुस इच्छुक रहेको बताउनुभयो। विशेषगरी विगतमा रुसी सहयोगसँग जोडिएका वीरगञ्ज चिनी कारखाना र जनकपुर चुरोट कारखानाजस्ता उद्योग पुनर्जीवनका लागि आवश्यक सहयोग गर्न तयार रहेको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

उद्योग सञ्चालनको यो प्रस्ताव कार्यान्वयनमा आएमा लामो समयदेखि बन्द रहेका उद्योगहरूको पुनरुत्थान, रोजगारी सिर्जना तथा औद्योगिक उत्पादन वृद्धिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content