विद्यार्थीहरूको गुणस्तरीय शिक्षा सँगसँगै खेलकुद क्षेत्रलाई पनि महत्व दिने उद्देश्यले विद्यालयस्तरीय फुटबल खेलको विकास तथा विद्यार्थीहरूमा खेलकुदप्रति आकर्षण बढाउने उद्देश्यले “प्रथम वीरगञ्ज अन्तरविद्यालय फुटबल प्रतियोगिता–२०८३” सुरु भएको छ। वीरगञ्ज यूथ एकेडेमीको आयोजनामा तथा मुनलाइट इङ्ग्लिस बोर्डिङ स्कुलको सह–आयोजनामा उक्त प्रतियोगिता आदर्श नगरको रङ्गशालामा सुरु भएको छ प्याब्सनका प्राज्ञिक सल्लाहकार एवं मुनलाइट बोर्डिङ स्कुलका डाइरेक्टर श्याम केसीको सभापतित्वमा उद्घाटन समारोह सम्पन्न भएको हो । कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको प्रमुख अतिथिका सो कार्यक्रम सुरु भएको हो! प्रमुख अतिथि चौधरीले विद्यार्थीहरूको मानसिक स्वास्थ्य राख्नको लागि खेलकुद पनि एउटा महत्वपूर्ण रहने भएकोले विद्यार्थीहरूलाई यसरी प्याप्सनले हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्ने क्रममा यो वर्ष पनि सुरु गरिएको बताएका हुन्
कार्यक्रममा प्याब्सन नगर सल्लाहकार मार्टिन मोक्तान,प्याब्सन पर्साका बरिस्ठ उपाध्यक्ष सुशिला साह, अमित आलोक,प्रबिन चौधरी, दिनानाथ रौनियार, पर्सा फुटबल संघका अध्यक्ष रोशन गुप्ता, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, मानवसेवा आश्रम वीरगञ्जका देवेश गुप्ता, राजकुमार लामा, सन्तोष खनाल तथा आदर्शनगर बिटका प्रमुख दीपेन्द्र टमटाको उपस्थिति रहेको थियो।
प्रतियोगिता जेठ १८ गतेदेखि २५ गतेसम्म आदर्शनगर रङ्गशालामा फुटबल सञ्चालन हुनेछ। प्रतियोगितामा वीरगञ्जका विभिन्न विद्यालयहरूको सहभागिता रहेको छ। उद्घाटन खेल मुनलाइट इङ्ग्लिस बोर्डिङ स्कुल र सफल विद्यालयबीच सम्पन्न भएको थियो भने मुनलाइट इङ्ग्लिस बोर्डिङ स्कुल २ गोलले जित हासिल गरेको थियोे।फाइनल खेल जेठ २५ गते हुने आयोजनाले जनाएको छ! प्याप्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीले विद्यार्थीहरूको सर्वाङ्गिक विकासका लागि खेलकुद अति आवश्यकता रहने भएकोले प्याप्सन संग आबद्ध विद्यालयका विद्यार्थीहरूलाई सो फुटबल प्रतियोगितामा सहभागिता गराउने गरेको चौधरीले बताएका छन्।
प्रतियोगितामा समाजसेवी, अधिवक्ता तथा प्याब्सनका पूर्व केन्द्रीय सदस्य प्रकाश उपाध्यायले विशेष सहयोगको घोषणा गरेका छन्। उनले प्रतियोगिताभर हुने प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने ‘म्यान अफ द म्याच’ खेलाडीलाई दैनिक नगद १ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेका हुन् उपाध्यायले विद्यालयस्तरबाटै खेल प्रतिभाको पहिचान, संरक्षण र प्रोत्साहन आवश्यक रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
आयोजक वीरगञ्ज यूथ एकेडेमीका अनुसार वीरगञ्जमा फुटबल खेलको लोकप्रियता कायम राख्दै नयाँ प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताले विद्यालयस्तरका खेलाडीहरूलाई आफ्नो क्षमता र प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीय फुटबल गतिविधिलाई थप सक्रिय र व्यवस्थित बनाउन टेवा पुग्ने अपेक्षा गरिएको छ।



COMMENTS