कार्यक्रममा प्रमुख अतिथि श्रीवास्तवले यस विद्यालयले छोटो अवधिमै विद्यार्थीहरूको हक हित तथा शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गरेकोमा विद्यालय परिवारलाई धन्यवाद दिनुका साथै यस विद्यालयमा अध्यापन गराउने शिक्षक शिक्षिका एवं प्रिन्सिपल ज्यालाल गुप्तालाई विशेष धन्यवाद उनले भने विद्यार्थीहरूको हक हितका तथा विद्यालयको अनुशासनलाई पालना गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू गर्नाले होलिका दिनमा विद्यार्थीहरू अनुशासित भई आफ्नो जिम्मेवारीमा ठूलो सफलता हासिल गर्ने विश्वास व्यक्त गर्नुभएको थियो। कार्यक्रमको समापन समारोहमा सगरमाथा एकेडेमीका संस्थापक जियालाल गुप्ताले विद्यार्थीहरूलाई आफ्नो विद्यालयले छुट्टै पहिचान दिने उद्देश्यले मतदान प्रक्रिया मार्फत आफ्ना उम्मेदवारहरूलाई छानेर प्रतिस्पर्धा मार्फत निर्वाचित गराउने र निर्वाचित भएका विद्यार्थीहरूले विद्यालयको अनुशासन पालना गर्ने र आफ्नो जिम्मेवारी बोध गराउने हाम्रो मुख्य लक्ष्य रहेकोले यस्ता जिम्मेवारीहरु आजबाट २०८३ का लागि छनोट भएका अर्थात् नेतृत्वदायीमा पुगेका विद्यार्थीहरूलाई अग्रिम शुभकामना दिनुका साथै आफ्नो जिम्मेवारी पालना गर्दै विद्यालयमा गर्नुपर्ने कर्तव्य र अन्य विद्यार्थीहरुलाई सो नियमको पालना गराउँदै आफू पनि जिम्मेवारी बोध हुने दायित्व पूरा गर्न आग्रह गर्नुभएको थियो।
शपथ ग्रहण तथा ब्याच वितरण कार्यक्रममा एन प्याप्सनका सदस्य एवं गुगल स्कुलका संस्थापक नरेश कुर्मी एन प्याप्सन सदस्य गौतम श्रीवास्तव विद्या एकेडेमीका सुरेश शाह गणेश पुस्तकका नरेश रौनियार तथा विद्यार्थीहरू अभिभावक र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।





























COMMENTS