$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

इतिहासकै सबै भन्दा ठूलो सम्पत्तिशुद्धीकरण मुद्दा: ३९ जनाविरुद्ध १ खर्ब ६ अर्बभन्दा बढीको बिगो दावी : धितोपत्र, बीमा र बैंकिङ कसुर गरी गैरकान...


इतिहासकै सबै भन्दा ठूलो सम्पत्तिशुद्धीकरण मुद्दा: ३९ जनाविरुद्ध १ खर्ब ६ अर्बभन्दा बढीको बिगो दावी: धितोपत्र, बीमा र बैंकिङ कसुर गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नेपालको इतिहासकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा विशेष अदालतमा पुगेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामो समयको अनुसन्धानपछि ३९ जना हाइप्रोफाइल व्यवसायी, सञ्चालक तथा उच्चपदस्थ कर्मचारीहरूलाई प्रतिवादी बनाउँदै बिहीबार मुद्दा दर्ता गरेको हो।

विभागले प्रतिवादीहरूविरुद्ध कुल १ खर्ब ६ अर्ब २ करोड ५० लाख १० हजार ७४७ रुपैयाँ बिगो दाबी गर्दै अभियोगपत्र दर्ता गरेको छ। अदालतमा दर्ता भएको अभियोगपत्रमा यी प्रतिवादीहरूबाट दाबी गरिएको अभियोगको दोब्बर जरिवाना र कैद सजायसमेत माग गरिएको छ। राजनीतिक आडमा वित्तीय घोटाला र जालसाजीपूर्ण कारोबारको सञ्जाल बनाएका विवादित व्यवसायी, ठूला व्यावसायिक घराना र नियामक निकायका पूर्वप्रमुख समेत यस मुद्दाको घेरामा परेका छन्।

विशेष अदालतमा दर्ता भएको मुद्दामा मुख्य गरी हिमालयन रि–इन्स्योरेन्स लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन सेक्युरिटिज बैंकर लिमिटेड, हिमालयन क्यापसर्व लिमिटेड, एचएलआई लार्ज क्याप फन्ड र हिमालयन इन्भेष्टमेन्ट बैंकरका सञ्चालक, उच्चपदस्थ कर्मचारी र नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्षहरूले गैरकानुनी कारोबार गरी सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाइएको छ।

यसअघि सरकार बनाउने र भत्काउनेसम्मको राजनीतिक पहुँच राख्ने भनिएका विवादस्पद व्यवसायी दीपक भट्ट, कोरोना महामारीमा थर्मल गनको कालोबजारी गरेर बदनाम भएका व्यवसायी सुलभ अग्रवाल र उनकी श्रीमती सुभी अग्रवालसहित ३९ ले गैरकानुनी कारोबारबाट सम्पत्ति शुद्धीकरण गरेको अभियोगसहित मुद्दा दर्ता भएको हो।

प्रतिवादीको नामसम्बद्ध संस्था/घरानादाबी गरिएको कुल बिगो (रु.)
दीपक भट्ट (हाल प्रहरी हिरासतमा)सेयर कर्नरिङ/जगदम्बा ग्रुप परिचालन२६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा
सुलभ अग्रवाल (उपाध्यक्ष, शंकर ग्रुप)जगदम्बा स्टिल्स्/दीपक भट्टका साझेदार२५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ ३१ पैसा
भृकुटी स्टक ब्रोकिङ कम्पनी र अध्यक्ष सन्दीप चाचन अग्रवालधितोपत्र बजार चलखेल१४ अर्ब ५८ करोड ७८ लाख ७५ हजार ३५० रुपैयाँ ४८ पैसा
मनोज कुमार लाल कर्ण-७ अर्ब २२ करोड ४६ लाख ८५ हजार ९७४ रुपैयाँ १६ पैसा
साहिल अग्रवालशंकर ग्रुप६ अर्ब ४ करोड ३४ लाख २ हजार २५७ रुपैयाँ
उपासना पौडेल, मनिष कुमार, शिशिर गैह्रे र दीपक कुमार श्रेष्ठ-६ अर्ब ४ करोड ३४ लाख २ हजार २५७ रुपैयाँ
सुभी अग्रवाल (सुलभकी श्रीमती)-३ अर्ब ९६ करोड ७८ लाख २२ हजार १३३ रुपैयाँ २२ पैसा
ऋषिराज मोरहिमालयन रि-इन्स्योरेन्स/भृकुटी ब्रोकर३ अर्ब ७८ करोड ८२ लाख ७५ हजार ६२२ रुपैयाँ ९० पैसा
शरद ओझा र मदन दाहालतत्कालीन अध्यक्ष, नेपाल बीमा प्राधिकरण३ अर्ब ५० करोड ३० लाख ६३ Light १९२ रुपैयाँ ५८ पैसा
शेखर गोल्छा, रोहित गुप्ता, शुभेच्छा खरेल, सुभाष कुमार झुनझुनवाला, अमित मोर र राजीव मोरसंस्थापक अध्यक्ष, हिमालयन रि-इन्स्योरेन्स र व्यवसायीहरू२ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ ३ पैसा

धितोपत्र बजारमा सेयर कर्नरिङ गर्ने र जगदम्बा ग्रुपको पैसा परिचालन गरेर धितोपत्रको मूल्य घटबढमा चलखेल गरी सम्पत्ति आर्जनमा केन्द्रित भएका दीपक भट्टलाई सबैभन्दा बढी अर्थात् २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बिगो दाबी गरिएको छ। भट्टले सम्पत्ति शुद्धीकरण गरेको आरोपमा गत चैत १९ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो र उनी अहिले हिरासतमै छन्।

त्यसैगरी भट्टका साझेदार एवं जगदम्बा स्टिल्स्का सञ्चालक सुलभ अग्रवालसँग २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ ३१ पैसा बिगो दाबी गरिएको छ। उनी नेपालको ठूलोमध्येको व्यावसायिक घराना शंकर ग्रुपका उपाध्यक्ष हुन्। उनकी श्रीमती सुभी अग्रवालसँग ३ अर्ब ९६ करोड ७८ लाख २२ हजार १३३ रुपैयाँ २२ पैसा र उनीहरूका छोरा कृषिभ अग्रवालसँग ३२ करोड ८३ लाख ८० हजार २०२ रुपैयाँ ३२ पैसा बिगो मागदाबी गरिएको छ।

सुलभको नाममा रहेको नेपाल रि–इन्स्योरेन्सको सेयर आफैँ उक्त कम्पनीको अध्यक्ष हुँदा बिक्री गर्न नमिलेपछि काठमाडौँ जिल्ला अदालतमा नक्कली अंशमुद्दा दर्ता गरेर छोरा कृषिभको नाममा सेयर सारेर बिक्री गरिएको र उक्त सेयर बिक्रीबाट प्राप्त रकम सुलभले अर्को जालसाजीपूर्ण कारोबारमा प्रयोग गरेको पाइएको छ।

त्यस्तै व्यवसायी ऋषिराज मोरले हिमालयन रि–इन्स्योरेन्सको रकम भृकुटी स्टक ब्रोकिङमा जम्मा गरी आफ्नो नाममा भुक्तानी लिएको र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य प्रभावित गरी व्यक्तिगत लाभ लिएको आरोपसहित ३ अर्ब ७८ करोड ८२ लाख ७५ हजार ६२२ रुपैयाँ ९० पैसा बिगो दाबी गरिएको छ। यसैगरी अमित मोरले ऋषिराज मोरको तर्फबाट भृकुटीबाट प्राप्त गरेको १२ करोड ६ लाख २५ हजार रुपैयाँ र राजकुमार मोरले भृकुटी स्टक ब्रोकिङबाट सिधै प्राप्त गरेको २७ करोड ६९ लाख रुपैयाँलाई व्यक्तिगत बिगोको रूपमा दाबी गरिएको छ।

भृकुटी स्टक ब्रोकिङ कम्पनीका अध्यक्ष रहेका सन्दीप चाचन अग्रवाल र भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालि समेतबाट १४ अर्ब ५८ करोड ७८ लाख ७५ हजार ३५० रुपैयाँ ४८ पैसा बिगो माग गरिएको छ। व्यावसायिक घराना शंकर ग्रुपकै अर्का सञ्चालक साहिल अग्रवालविरुद्ध ६ अर्ब ४ करोड ३४ लाख २ हजार २५७ रुपैयाँ शुद्धीकरण गरेको आरोपसहित बिगो माग गरिएको छ।

त्यसबाहेक, हिमालयन रि–इन्स्योरेन्सका संस्थापक अध्यक्ष एवं स्थापित व्यवसायी शेखर गोल्छासहित अन्य व्यवसायीहरू रोहित गुप्ता, शुभेच्छा खरेल, सुभाष कुमार झुनझुनवाला, अमित मोर र राजीव मोरसमेतलाई २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ ३ पैसा सम्पत्ति शुद्धीकरणविरुद्ध बिगो माग दाबी गरिएको छ।

सोही मुद्दामा अन्य प्रतिवादीहरूमध्ये उपासना पौडेल, मनिष कुमार, शिशिर गैह्रे र दीपक कुमार श्रेष्ठबाट संयुक्त रूपमा ६ अर्ब ४ करोड ३४ लाख २ हजार २५७ रुपैयाँ, राजबहादुर शाहबाट १ अर्ब ४१ करोड ८० लाख ७२ हजार ९०१ रुपैयाँ ४० पैसा, रितेश प्रधानबाट ३७ करोड रुपैयाँ, सुमेर शमशेर जबराबाट १ अर्ब २७ करोड ४१ लाख ८६ हजार ८६७ रुपैयाँ ९६ पैसा र सुवास बहादुर श्रेष्ठबाट ४५ करोड ९४ लाख ३३ हजार ३४४ रुपैयाँ ६६ पैसा बिगो दाबी गरिएको छ।

यसैगरी आशिष श्रेष्ठ, मृगेन्द्र नाथ रिमाल र सिद्धान्त झुनझुनवालासँग ५९ करोड ७५ लाख ६९ हजार १३४ रुपैयाँ १८ पैसा, मनोज कुमार लाल कर्णसँग ७ अर्ब २२ करोड ४६ लाख ८५ हजार ९७४ रुपैयाँ १६ पैसा, सुरेन्द्र थापासँग ४ करोड ९० लाख ३२० रुपैयाँ ६० पैसा, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सका सीईओ रामकुमार यादवसँग ४ करोड २० लाख ९१ हजार १६० रुपैयाँ, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका सीईओ प्रताप मान श्रेष्ठसँग २३ करोड ७३ लाख ८३ हजार ७८० रुपैयाँ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका सीईओ नरेश कुमार रोकासँग ११ करोड ९० लाख ९ हजार ८१८ रुपैयाँ ४० पैसा, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका सीईओ चिरायु भण्डारीसँग ४० करोड ४९ लाख ९४ हजार ६८३ रुपैयाँ र शंकरलाल अग्रवालसँग २१ करोड ७ लाख ४४ हजार ४०३ रुपैयाँ ५४ पैसा बिगो माग गरिएको छ।

यसका साथै नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्षहरू शरद ओझा र मदन दाहालमाथि समेत पदमा रहँदा गैरकानुनी कार्यमा सघाएको अभियोगमा ३ अर्ब ५० करोड ३० लाख ६३ हजार १९२ रुपैयाँ ५८ पैसा बिगो दाबी गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको यो कदमसँगै वित्तीय क्षेत्र र सेयर बजारमा हुने नीतिगत भ्रष्टाचार एवं इन्साइडर ट्रेडिङविरुद्ध राज्यले अहिलेसम्मकै   सबैभन्दा ठूलो एक्सन रहेको छ 

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content