वीरगञ्ज, जेठ १८ — लायन्स क्लब अफ वीरगञ्ज क्युरेटिभले मिनिल्याण्ड स्कूल, पानीट्यांकीमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ
क्लबका अध्यक्ष डा. निरज कुमार सिंहद्वारा विद्यालयका प्रधानाध्यापकलाई सोमबार बिहान ७ बजेदेखि ९ बजेसम्म विद्यालय परिसरमा स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन भएको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थी हरू अभिभावक तथा शिक्षक शिक्षिकाहरू र कर्मचारीहरूको निःशुल्क चेकजाँच गरिएको मिनील्यान्ड बोर्डिङ स्कुलका प्रिन्सिपल सुरज बाबु पटेलले जानकारी दिनुभएको छ। विद्यालयले यस्ता निःशुल्क चेकजाँच शिविरहरू आयोजना बेलाबखतमा गर्न अति आवश्यक रहेको यसो गर्नाले विद्यार्थीहरूमा कुनै पनि समस्याहरु बेलामा पहिचान हुने भएकोले उक्त रोगहरुबाट समाधान गर्न सकिने प्रिन्सिपल पटेलको भनाइ रहेको छ
शिविरमा नेत्ररोग विशेषज्ञद्वारा आँखा परीक्षण तथा परामर्श, अनुभवी दन्त चिकित्सकद्वारा दन्त परीक्षण तथा परामर्श तथा चिकित्सकद्वारा सामान्य स्वास्थ्य परीक्षण एवं स्वास्थ्य समस्यासम्बन्धी परामर्श सेवा प्रदान गरिएको थियो।लायन्स क्लबको समन्वय र मिनील्यान्ड बोर्डिङ स्कुलको आयोजनामा निःशुल्क शिविर मार्फत विद्यार्थी तथा विद्यालयका कर्मचारीहरूमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नु, सामान्य स्वास्थ्य समस्याको प्रारम्भिक चरणमै पहिचान गर्नु तथा आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराउनु मुख्या उद्देश्य रहेको छ।क्लबले विद्यालयको नियमित शैक्षिक गतिविधिमा कुनै असर नपर्ने गरी कार्यक्रमलाई व्यवस्थित, अनुशासित र व्यावसायिक ढंगले सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेको छ। विद्यालय प्रशासनबाट शिविर सञ्चालनको कार्यक्रमलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो।
सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ वीरगञ्ज क्युरेटिभले समुदायमा स्वास्थ्य सेवा पहुँच विस्तार तथा जनचेतना अभिवृद्धिका लागि यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। विद्यालयस्तरमा आयोजना हुने यस स्वास्थ्य शिविरबाट विद्यार्थी, शिक्षक तथा कर्मचारीहरू प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको मिनील्यान्ड बोर्डिङ स्कुलका प्रिन्सिपल सुरज बाबु पटेलले जानकारी दिनुभएको छ। विद्यालयले यस्ता निःशुल्क स्वास्थ्य शिविरहरू बेलाबखतमा गरि रहन अति आवश्यक रहेकोले लायन्स क्लब अफ बीरगंज क्युरेटिभ सँग सहकार्य गरेर मिनील्याण्ड बोर्डिङ स्कुलले निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेर सम्पूर्ण शिक्षक शिक्षिका विद्यार्थीहरू तथा कर्मचारीहरूलाई शिविरबाट लाभ लिने काम गराएको प्रिन्सिपल सुरज बाबु पटेलले बताएका छन्।
निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा डाक्टर आरपी खेतान miniland boarding schoolका डाइरेक्टर लालबाबु पटेल तथा चिकित्सकहरू अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
















COMMENTS