$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

क्रीयाशील युवा पत्रकार मञ्च नेपालद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३ महिलासहित ६० जनाले रक्तदान गरे।

मानवीय जीवन बचाउन तथा रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जको घण्टाघर चौकमा शनिबार आयोजित बृहत् खुला रक्तदान कार्यक्रम सम्पन्न भएको ...


मानवीय जीवन बचाउन तथा रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जको घण्टाघर चौकमा शनिबार आयोजित बृहत् खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। क्रीयाशील युवा पत्रकार मञ्च नेपालद्वारा आयोजित कार्यक्रममा ३ महिलासहित ६० जनाले रक्तदान गरेका छन्।कार्यक्रममा विभिन्न क्षेत्रका नागरिक, युवा, समाजसेवी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। रक्तदाताहरूले रक्तदानलाई मानव सेवाको उत्कृष्ट माध्यम भएको उल्लेख गर्दै नियमित रक्तदान अभियानलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए।

मञ्चका अध्यक्ष आनन्द पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल प्रमुख अतिथिका रूपमा सहभागी थिए। नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेल, दीपक पटेल, सौरभराज पाण्डे तथा बृजेश चौधरी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।


कार्यक्रममा संस्थाका महासचिव राकेश कुमार साह, कार्यसमिति सदस्य आरोहण साह, ज्ञान्ती पटेल, पूजा साह, माधुरी महतो, अनिश पटेल, मुनेश पटेल, मुकेश पटेल, आदित्य शर्मा, राकेश साह, दीपेन्द्र पटेल, दीपक पटेल, भूपेन्द्र पटेल, बृजकिशोर चौधरी, आनन्द पटेल, राजेन्द्र भट्टराई, अरविन्द पटेल, पप्पु साह, प्रताप पटेल, अनुज पटेल, रञ्जय पटेल, विशेष द्विवेदी, जितेन्द्र साह, सुनिल साह, सूर्यप्रताप पटेललगायतले रक्तदान गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले रक्तदानबाट बिरामीहरूको जीवन रक्षा हुने भएकाले समाजमा रक्तदानप्रति सकारात्मक चेतना फैलाउन आवश्यक रहेको बताए। उनीहरूले युवाहरूलाई सामाजिक उत्तरदायित्वबोधका साथ नियमित रूपमा रक्तदान गर्न आग्रह समेत गरेका थिए।नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेलले स्वस्थ व्यक्तिले नियमित रक्तदान गर्नुपर्ने बताउँदै रक्तदानले जीवन बचाउने महत्वपूर्ण कार्य गर्ने धारणा राखे। उनले रक्तदानसम्बन्धी सकारात्मक सन्देश समाजका हरेक तहसम्म पुर्‍याउन युवाहरूको भूमिका महत्वपूर्ण रहेको बताए।कार्यक्रममा प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तव, समाजसेवी सञ्जु साह, प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादव, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन, प्रेस सेन्टर नेपाल मधेश प्रदेश संयोजक निरज पिठाकोटे मगर, समाजसेवी अनिल पटेल, विशेष्वर पटेल, सन्तोष पटेल, जितेन्द्र प्रियान्सु, हिन्दु पत्रकार संघ नेपालका अध्यक्ष राजन रौनियार, नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय चौहान, सहसचिव एस.के. चौरसिया, पुष्प तिमल्सिना, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी आयोजक संस्थाका वर्तमान अध्यक्ष प्रणय साह, उपाध्यक्ष वीरेन्द्र साह, महासचिव राकेश साह, सहसचिव ओमप्रकाश सराफ, कोषाध्यक्ष उपेन्द्र बरै तथा सदस्यहरू सुनिल ओझा, आरोहण साह, आदित्य शर्मा, दिपेश ठाकुर, मुकेश यादव, कन्हियालाल बर्नवाल, उपेन्द्र पटेल, अरुण साह, अर्जुन कुमार र सञ्चारकर्मी जगत राईलगायतको सक्रिय सहभागिता रहेको थियो।


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताको विशेष उपस्थिति रहेको थियो। आयोजक संस्थाले रक्तदान कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाता, अतिथि तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।



















COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content