$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

संखुवासभा कारागार कैदी हत्या प्रकरण: सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला

समाचार प्रदेश खबर मुख्य खबर राजनीति सम्पादकीय विचार मन संखुवासभा कारागार कैदी हत्या प्रकरण: सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला  संखुवा...


संखुवासभा कारागार कैदी हत्या प्रकरण: सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला 

संखुवासभा। संखुवासभाको जिल्ला कारागार खाँदबारीमा भएको दुई जना कैदीको हत्या प्रकरणमा जिल्ला अदालतले सात जना प्रहरी अधिकारी र आठ जना कैदीबन्दीसहित कुल १५ जनालाई जन्मकैदको फैसला सुनाएको छ।जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको इजलासले मुलुकी अपराध संहिता २०७४ को दफा १७१ (१) बमोजिमको कसुरमा उक्त सजाय सुनाएको अदालतका श्रेस्तेदार उज्वल न्यौपानेले जानकारी दिए।

यसका साथै अदालतले सोही संहिताको दफा १८६ बमोजिम प्रतिवादीहरूबाट जनही ५० हजार रुपैयाँका दरले मृतकका नजिकका हकदारलाई क्षतिपूर्ति भराउने ठहर समेत गरेको छ।

विगत २०८० साउन २४ गते कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिइएका मादी नगरपालिका-५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीलाई सुरुमा सुरक्षाकर्मी र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा उनीहरूको मृत्यु भएको अनुसन्धानबाट खुलेको थियो।

घटनालगत्तै जिल्ला कारागारका तत्कालीन इन्चार्ज प्रहरी सहायक निरीक्षकसहित सात जना प्रहरी र आठ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको थियो। अदालतको प्रारम्भिक आदेशानुसार आरोपित सात प्रहरीलाई धनकुटा र आठ कैदीलाई तेह्रथुम कारागार चलान गरेर मुद्दाको पुर्पक्ष गरिएको थियो।

अदालतको अन्तिम फैसलाअनुसार जन्मकैदको सजाय पाउने सुरक्षाकर्मीहरूमा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो र सुरक्षा गार्ड नुसन राई रहेका छन्।

त्यसैगरी सजाय पाउने कैदीबन्दीहरूमा चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदीहरू मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरे रहेका छन्।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content