$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र वीरगञ्ज द्वाराबृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न

वातावरण संरक्षण र हरियाली शहर निर्माणको उद्देश्यका साथ, ग्रिन सिटी कम्युनिटी प्रहरी आदर्शनगरले वीरगञ्जमा बृहत् वृक्षारोपण कार्यक्रम आयोजना ग...


वातावरण संरक्षण र हरियाली शहर निर्माणको उद्देश्यका साथ, ग्रिन सिटी कम्युनिटी प्रहरी आदर्शनगरले वीरगञ्जमा बृहत् वृक्षारोपण कार्यक्रम आयोजना गर्‍यो। नेपाल प्रहरी प्रदेश कार्यालय पर्सा क्याम्पस र जिल्ला प्रहरी कार्यालय पर्साको खेल मैदान क्षेत्रमा आयोजित कार्यक्रममा लगभग १०० दुर्लभ प्रजातिका बिरुवा रोपिएको थियो।

ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल प्रमुख अतिथिको रूपमा उपस्थित थिए। मधेशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एसएसपी शान्तिराज कोइराला र जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्की विशेष अतिथिको रूपमा उपस्थित थिए।

यसका साथै, ट्राफिक प्रहरी कार्यालय पर्साको प्रमुख युवराज कटवाल; इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाईं ,लायन्स क्लब अफ सेस्मी एकेडेमीका अध्यक्ष तथा ग्रिन सिटीका सदस्य लायन पिया सिंह, लायन्स क्लब अफ सेस्मी एकेडेमीका कोषाध्यक्ष लायन प्रसिद्धि आनन्द सिंह, विभिन्न संस्थाका प्रतिनिधिहरू, सामुदायिक प्रहरी अधिकारीहरू, आजीवन सदस्यहरू र नेपाल प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले वातावरण संरक्षणका लागि वृक्षारोपण अभियान महत्त्वपूर्ण रहेको बताए। उनले हरियाली, स्वच्छ र स्वस्थ वातावरण सिर्जना गर्नु सबै नागरिकको साझा जिम्मेवारी भएको बताउँदै यस्ता अभियानहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

कार्यक्रमका अध्यक्ष जयप्रकाश खेतानले भावी पुस्ताका लागि पर्यावरणीय सन्तुलन कायम राख्न र हरियाली संरक्षण गर्न वृक्षारोपणको महत्त्वमा जोड दिए। उनले यस्ता सामाजिक तथा वातावरणीय अभियानहरूलाई अझ प्रभावकारी बनाउन समुदाय र प्रहरीबीचको सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने बताए।

सबै सहभागीहरूले वृक्षारोपण मार्फत वातावरण संरक्षण, जैविक विविधताको अभिवृद्धि र स्वच्छ वातावरण सिर्जनामा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रम अन्तर्गत विभिन्न प्रजातिका फलफूल र छायादार रूखहरू रोपिएका थिए।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content