वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको विशेष निर्देश महानगरपालिकाको मुख्य व्यापारिक केन्द्र मानिने अलखियामठ, आदर्शनगर लगायतका बजार क्षेत्रहरूमा केही समयदेखि देखिएको फोहोरको समस्या र नाला जामका कारण स्थानीय तथा व्यवसायीहरूले सास्ती खेप्नुपरेको थियो। जनगुनासोलाई तत्काल सम्बोधन गर्दै कार्यवाहक नगरप्रमुख आलमले महानगरको सरसफाइ शाखा र प्राविधिक टोलीलाई तुरुन्त कार्यक्षेत्रमा खटिन कडा निर्देशन दिनुभएको थियो। नपछि महानगरका विभिन्न बजार क्षेत्रमा फोहोर उठाउने र जाम भएका नालाहरू खोल्ने कार्य तीव्र पारिएको छ।
महानगरपालिकाको मुख्य व्यापारिक केन्द्र मानिने अलखियामठ, आदर्शनगर लगायतका बजार क्षेत्रहरूमा केही समयदेखि देखिएको फोहोरको समस्या र नाला जामका कारण स्थानीय तथा व्यवसायीहरूले सास्ती खेप्नुपरेको थियो। जनगुनासोलाई तत्काल सम्बोधन गर्दै कार्यवाहक नगरप्रमुख आलमले महानगरको सरसफाइ शाखा र प्राविधिक टोलीलाई तुरुन्त कार्यक्षेत्रमा खटिन कडा निर्देशन दिनुभएको थियो।
निर्देशन लगत्तै महानगरपालिकाको सरसफाइ टोली, आवश्यक उपकरण र सवारीसाधनसहित अलखियामठ र आदर्शनगर क्षेत्रमा परिचालित भएको छ। गुडिरहेका गाडी र पैदलयात्रीलाई बाधा नपुग्ने गरी सडक र गल्लीहरूमा थुप्रिएका फोहोरहरू संकलन गरी धमाधम उठाइँदै छ।
यसैगरी, वर्षातको समयमा पानी जम्ने समस्यालाई मध्यनजर गर्दै बजार क्षेत्रका जाम भएका नालाहरू सफा गर्ने र थुनिएको पानीको निकास खोल्ने कार्यलाई पनि तीव्रता दिइएको छ।
कार्यवाहक नगरप्रमुखको यो तत्कालको सक्रियता र निर्देशनपछि बजार क्षेत्रको वातावरणमा सुधार आउन थालेको भन्दै स्थानीय व्यवसायी तथा सर्वसाधारणले महानगरको यस कदमको प्रशंसा गरेका छन्।
महानगरपालिकाले बजार क्षेत्रलाई स्वच्छ, सुन्दर र दुर्गन्धमुक्त बनाउने अभियानलाई निरन्तरता दिने र फोहोर जथाभाबी नफाल्न तथा नालामा अवरोध पुग्ने गरी सामग्रीहरू नराख्न नगरबासीहरूमा अपिल समेत गरेको छ।

COMMENTS