स्वर्गीय राजा वीरेन्द्र शाहको राजभक्त देशभक्तले वीरगंजमा श्रद्धाञ्जली अर्पण करिब भव्य रूपमा बीरगज महानगरपालिका वडा नम्बर ७ स्थित हनुमान मन्दिरको प्राङ्गणमा सम्पन्न भएको छ।
स्वर्गीय पूर्व राजा वीरेन्द्र शाहको दरबार हत्याकाण्ड भएको आज १९ गतेको सम्झनामा राजभक्त देशभक्त केन्द्रीय कार्यालय वीरगंजले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ। राजभक्त देशभक्त का केन्द्रीय अध्यक्ष दिपेन्द्र प्रसाद रौनियारको सभापतित्वमा सम्पन्न सो श्रद्धाञ्जली सभामा वक्ताहरूले स्वर्गीय राजा वीरेन्द्र शाहको नारायणी हिटी राजदरबार हत्याकाण्डको अहिलेसम्म दोषीलाई कारबाही नगरेकोमा आफूहरू चिन्तित रहेको धारणा व्यक्त गरेका थिए। स्वर्गीय राजा वीरेन्द्र शाहले प्रजाका लागि नेपालमा शान्ति स्थापना गर्नुका साथै सबैले आआफ्नो शान्तिपूर्ण बाँच्न पाउने अधिकार रहेको र राजाको शासनमा कसैले पनि अहिलेको जस्तो भ्रष्टाचार गर्न नसकेको जिकिर गर्दै यस्तो देउता जस्तो राजालाई हत्या गरेर अहिलेसम्म दोषीहरू खुलेआम घुमिरहेकोमा आफूहरू चिन्तित रहेको सो श्रद्धाञ्जली सभामा उनीहरूले आफ्नो दुखेसोहरू पोखेका थिए। श्रद्धाञ्जली सभा कार्यक्रममा शुभचिन्तकहरू पशुपति विक्रम शाह महेन्द्रप्रसाद शाह वीरेन्द्र थापा रामनारायण शाह जनकलाल शाह जयनारायण गौरो अनुराणा रञ्जन कुमार रोशनी शाह भिषमा यादव तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको राजभक्त देशभक्त का केन्द्रीय अध्यक्ष दिपेन्द्रप्रसाद रौनियारले जानकारी दिनुभएको छ।

COMMENTS