$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

BPS±2 College द्वारा बिरगंज कपडा बैंकलाई माईक एवं कपडा सहयोग ।

बिरगंज ।  BPS±2 College ले बिरगंज कपडा बैंकलाई माइक र कपडा सहयोग गरेको छ । बिरगंज ९ गोश्वारारोड रानिघाट स्थित BPS +2 College मा एक कार्यक्रम...


बिरगंज ।  BPS±2 College ले बिरगंज कपडा बैंकलाई माइक र कपडा सहयोग गरेको छ । बिरगंज ९ गोश्वारारोड रानिघाट स्थित BPS +2 College मा एक कार्यक्रम गरि  " तपाईं संग बढी छ भने हामिलाइ दिनुस र तपाईलाई आवश्यकता र कमि छ भने हामी संग निशुल्क लिएर जानुस " भनी सेवारत बिरगंज कपडा बैंकलाई एक झोला कपडाको साथै माइक एक थान सहयोग हस्तान्तरण गरेको हो ।

BPS +2 College का निर्देशकद्वय मानवताप्रेमी दिपक पटेल र सन्दिप कुश्वाहाले बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह र सदस्य नवराज भट्टराईलाई सो माइक र कपडा सहयोग हस्तान्तरण गरेका थिए । सो अवसरमा सन्चारकर्मी आकाश पटेलको सहभागिता रहेको थियो।

सो अवसरमा BPS ±2 college का HR Director कुश्वाहाले दिनदुखी असहायको साथै आवश्यकतामा रहेका एवं पिडितहरुको सेवा सहयोग गर्दै आएको बैंकको सुकार्य निकै सराहनिय रहेको छ । कलेजले  आवश्यकता परेको समयमा शैक्षिक तथा व्यक्तिगत विकासको कार्यको साथ साथै समाजिकसेवाको क्षेत्रमा सक्दो सहयोग गरिरहेको र विद्यालयले निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गर्दै कपडा बैंकको सुअभियानमा सहयोग गर्न पाउँदा निकै हर्षित भएको र बैंकको अभियानको सफलताको कामना गरे।

सो अवसरमा College का निर्देशक पटेलले बिरगंज कपडा बैंकको महान अभियानमा आफू निकै पहिले देखि नै जुडेको र प्रत्यक्ष सेवा गर्दा हुने खुशी शब्दमा वर्णन गर्न नसकिने भन्दै बैंकको सुकार्यको मुक्त कण्ठले प्रसंशा गर्दै गएको महिना घण्टाघरको कोलाहलमा पनि बैंकका अध्यक्ष सिंह र अन्य सेवकहरुले मानिसहरुलाइ चिच्याएर बोलाई बोलाई सेवा निशुल्क कपडा वितरण गरेको देख्दा आफुलाइ माइकको कमि महसुस भएको र त्यही समयमै माईक सहयोग गर्ने प्रतिबद्धता गरेको थियौ र आज यो सानो सहयोग हस्तान्तरण गर्दा आफुहरु निकै हर्षित एवं गर्विलो महसुस गरिरहेको बताउदै आगामी दिनमा पनि बैंकको सुकार्य अभियानमा कलेज परिवार साथ रहि सहयोग गर्ने प्रतिबद्धता जनाए । 

सो अवसरमा बैंकका अध्यक्ष सिंहले कोहि नाङ्गो नरहोस भनी बिगत ७ वर्ष देखि विभिन्न समय विभिन्न स्थाहरुमा सेवा प्रवाह गर्दै आएको बताउदै हाम्रो अभियानमा प्रत्यक्ष साथ सेवा को साथै माईक र कपडा सहयोगले थप हौसला थपिएको बताए । यो साथ सहयोगले कलेज परिवार एवं हाम्रो सम्बन्ध अझ बलियो हुन पुगेको र यो साथ सहयोगको लागि हार्दिक आभार प्रकट गर्दै कलेजको उत्तरोत्तर प्रगतिको कामना गर्दै सम्पुर्णलाई दिनदुखी असहायको सक्दो सेवा सहयोग गरि मानवता बलियो बनाउन हार्दिक आग्रह गरेका थिए ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content