सनसाइन बोर्डिङ स्कुलका विद्यार्थीहरूले नयाँ नेतृत्व चयन हेड head girl हेड boy तथा हाउस house captan क्यापटेनहरूलाई शपथ ग्रहण गराइयो! बीरगंज महानगरपालिका वडा नम्बर १४ पिप्रा स्थितमा रहेको सनसाइन बोर्डिङ स्कुलका विद्यार्थीहरूले आजबाट २०८३ को लागि नयाँ नेतृत्व चयन गरेका छन्। सनसाइन बोर्डिङ स्कुलका प्रिन्सिपल निधि कुमारी को सभापतित्व तथा प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवको प्रमुख अतिथिमा सो had girl head boy house captern हरु तथा स्कुल क्यापटेन इसीए क्यापटेनहरुको एक समारोहको बीच ब्याज वितरण गर्नुको साथै सपथ ग्रहण समारोह सम्पन्न भएको हो। प्रमुख अतिथि प्याप्सन महानगर अध्यक्ष श्रीवास्तवले छोटो समयमा नै यो सनसाइन बोर्डिङ स्कुलले गुणस्तरीय शिक्षा सँगसँगै विभिन्न अतिरिक्त क्रियापलहरूमा समेत उत्कृष्ट प्रदर्शन गर्न सफल भएकोमा धन्यवाद एवं शुभकामना दिनुभएको थियो। सनसाइन बोर्डिङ स्कुलका सञ्चालक अमित आलोक तथा प्रिन्सिपल कुमारी निधिको टिमले विद्यार्थीहरूको हक हितका निम्ति अहिले धेरै उपलब्धिमूलक कामहरू गरिरहेकोले उहाँहरूको प्रेरणाले अरुले पनि सिक्न जरुरी रहेको अध्यक्ष श्रीवास्तवको भनाइ रहेको छ! सपथ ग्रहण कार्यक्रममा स्कुल क्याप्टन साक्षी पटेल इसीए eca capton खुसी पटेल एलो हाउस क्याप्टेन रवि पटेल बुलु हाउस क्यापटेन रोमा प्रजापति रेड हाउस क्यापटेन सध्या प्रजापति ग्रिन हाउस क्यापटेन रागिनी पटेल र मनिटरहरु कक्षा एक शिव पटेल कक्षा दुइ आरेन प्रजापति कक्षा ३ का रोमा पटेल कक्षा ४ का रिमा पटेल कक्षा ५ आदित्य पटेल कक्षा ६ का सोनी प्रजापति कक्षा ७ का साजन पटेल कक्षा आठ अनिता कुमारी चौहान लगायत निर्वाचनबाट निर्वाचित भएका विद्यार्थीहरूलाई आज ब्याच वितरण गर्नुका साथै गोपनियताको शपथ ग्रहण गरिएको हो!
शपथ ग्रहण तथा ब्याच वितरण कार्यक्रममा प्याप्सन महानगर कोषाध्यक्ष एवं miniland स्कुलका प्रिन्सिपल सुरज बाबु पटेल प्याप्सन महानगर सदस्य एवं लिटिल बडी प्रि स्कुलका प्रिन्सिपल विजय बल little एन्जल बोर्डिङ स्कुलका प्रिन्सिपल सन्नी पाख्रिन मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश मानव आइडियल एकेडेमीका प्रिन्सिपल सुमित कलवार मिडिया संयोजक दिपु वर्णवाल लगायतले आफ्नो धारणा एवं शुभकामना व्यक्त गर्नुभएको थियो। सनसाइन बोर्डिङ स्कुलका सञ्चालक अमित आलोकले कार्यक्रमको स्वागत मन्तव्य गर्ने क्रममा यस बोर्डिङ स्कुलले विद्यार्थीहरूको लागि जस्तोसुकै अतिरिक्त क्रियाकलापसँगै गुणस्तरीय शिक्षा दिएर अभिभावकहरूको मन सन्तुष्टि गर्ने काम आफूले कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभएको छ यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको जीवनलाई आफूहरूले सहयोग मार्ग निर्देशन दिन आफू तयार रहेको र विद्यालयले गरे विपन्न दलित अल्पसंख्यक सहिद घाइते तथा अन्य विद्यालयमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने काम आफूहरुले गर्दै आइरहेको धारणा व्यक्त गर्नुभएको थियो। सनसाइन बोर्डिङ स्कुलका संयोजक दीपक कुस्वाहाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।भने कार्यक्रमको सहजीकरण शिक्षक विश्वमभर वीर मल्लले गर्नुभएको थियो कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिका एवं विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको समापन समारोहमा हाउस क्याप्टेनहरूलाई भेस्ट समेत वितरण गरिएको थियो!











































COMMENTS