NEB कक्षा 12 मा उत्कृष्ट नतिजा ल्याउने २५ जना विद्यार्थीहरूलाई ब्प्स +2 कलेजद्वारा सम्मानित गरिएको हो। वीरगञ्ज महानगरपालिका–९, रानिघाटस्थित बिपिएस +२ कलेजले राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को नतिजामा उत्कृष्ट सफलता हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गर्दै विशेष कार्यक्रम सम्पन्न गरेको छ। कलेजले A+ तथा A ग्रेड प्राप्त गरेका २५ जना विद्यार्थीलाई सम्मान, बधाई तथा शुभकामना प्रदान गरेको हो। द्यार्थीहरूलाई ब्प्स +2 कलेजद्वारा सम्मानित गरिएको हो। वीरगञ्ज महानगरपालिका–९, रानिघाटस्थित बिपिएस +२ कलेजले राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को नतिजामा उत्कृष्ट सफलता हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गर्दै विशेष कार्यक्रम सम्पन्न गरेको छ। कलेजले A+ तथा A ग्रेड प्राप्त गरेका २५ जना विद्यार्थीलाई सम्मान, बधाई तथा शुभकामना प्रदान गरेको हो।
कलेज परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय उपलब्धिको प्रशंसा गर्दै उनीहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूको मेहनत, अभिभावकको सहयोग तथा शिक्षकहरूको समर्पणका कारण उत्कृष्ट नतिजा सम्भव भएको बताइएको थियोकार्यक्रमका अध्यक्ष तथा कलेजका एकेडेमिक डाइरेक्टर दीपक पटेलले विद्यार्थीको सफलताले सम्पूर्ण कलेज परिवार गौरवान्वित भएको बताए। उनले गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र दक्ष शिक्षकमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासका लागि कलेज निरन्तर लागिपरेको उल्लेख गरे
उनले भने, “विद्यार्थीहरूको सफलता नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो। आगामी दिनमा पनि आधुनिक शिक्षण पद्धति, व्यवहारिक ज्ञान र अनुशासित शैक्षिक वातावरणमार्फत अझ उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यका साथ हामी अघि बढिरहेका छौं। विद्यार्थीहरूले आत्मविश्वासका साथ जीवनको हरेक क्षेत्रमा सफलता हासिल गर्न सकून् भन्ने हाम्रो चाहना हो।”
कार्यक्रममा कलेजका डाइरेक्टर सन्दीप कुशवाहा, प्रिन्सिपल प्रभात मेहता, दिपेन्द्र कानु, विशेष द्विवेदी, रेश्मा पटेल, सदीक्षा सुवेदी, अंगद यादव, आकाश पटेल, दयानन्द बैठा, निर्मल ताम्राकार लगायत शिक्षक, सञ्चारकर्मी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सम्मानित विद्यार्थीहरूले कलेजले प्रदान गरेको शैक्षिक वातावरण, शिक्षकहरूको मार्गदर्शन तथा नियमित अध्ययनकै कारण उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको प्रतिक्रिया दिएका थिए। कार्यक्रममा विद्यार्थीहरूबीच शुभकामना आदानप्रदान गर्नुका साथै सामूहिक तस्बिरसमेत खिचिएको थियो।
यसैबीच कलेज प्रशासनले कक्षा ११ व्यवस्थापन (Management) संकायमा नयाँ भर्ना प्रक्रिया जारी रहेको जानकारी दिएको छ। सीमित सिट रहेको उल्लेख गर्दै इच्छुक विद्यार्थी तथा अभिभावकलाई समयमै भर्ना प्रक्रिया पूरा गर्न आग्रह गरिएको कलेजले जनाएको छ।


COMMENTS